7 years ago
February 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोली भारतमा जारी हिरो गोल्डकपको उपविजेतामा समिति भएको छ । शुक्रबार भएको फाइनलमा नेपाल म्यानमारसँग ३-१ ले पराजित भयो ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपालले खेलको ३५ औं मिनेटमा गोल खाएको थियो । म्यानमारका लागि यी यी ओले गोल गरेकी थिइन् । उनले पेनाल्टी क्षेत्रको दायाँ भागबाटआएको क्रसलाई अनमार्क रहेको अवस्थामा नियन्त्रण गरेर शक्तिशाली प्रहारमा गोल गरिन् ।
पहिलो हाफको अन्तिम मिनेटमा नेपालका लागि मन्जलीकुमारी योन्जनले बराबरी गोल फर्काइन । गीता रानाको फ्रिकिकमा मन्जलीले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको भली प्रहार गोलमा परिणत भएको थियो ।

पहिलो हाफमा नेपाललाई दबाबमा राखेपनि बराबरी खेलेको म्यानमारले दोस्रो हाफमा पनि दबाब कायम राख्यो । ५३ औं मिनेटमा म्यानमारका लागि विन थेंगी तुनले गोल गर्दै म्यानमारलाई पुन: अग्रता दिलाइन् । उनले पेनाल्टी क्षेत्रभित्र चलाखीपूर्ण टर्न गर्दै डिफेन्स र गोलरक्षकलाई बिट गर्दै गोल गरिन् ।
म्यानमारले खेलको ६३ औं मिनेटमा अग्रता दोब्बर पार्यो । यी यी ओले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याइन । उनले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहारलाई नेपाली गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले बचाउन सकिनन् ।
प्रतियोगिताको पहिलो खेलमा म्यानमारसँग ३-० ले पराजित भएको नेपालले त्यसपछि भारतलाई २-१ र इरानलाई ३-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । अर्को महिना विराटनगरमा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल पुगेको टोलीले प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्न सफल रहयो ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]