default_image

7 years ago

February 15, 2019

दाउफिन्स बुढासुब्बा गोल्ड कपको फाइनलमा

105 views

0 Bookmark

धरान (हाम्रो खेलकुद)– क्यामरुनको दाउफिन्स फुटबल क्लब धरानमा जारी बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

नेपाल पुलिस क्लबलाई सडन डेथमा हराउँदै दाउफिन्सले आयोजक क्लबसँगको उपाधि भिडन्त पक्का गरेको हो । आयोजक धरान फुटबल क्लब यसअघि नै अन्तिम दुईमा पुगिसेको छ ।

निर्धारित समय गोलरहित बराबरी र सुरुवाती ५ पेनाल्टीमा पनि ५–५ को बराबरी भएपछि सडन डेथमा दाउफिन्सले बाजी मारेको थियो । सडन डेथमा दाउफिन्स ७–६ ले विजयी भएको थियो ।


नेपाल आगमनपछि चौथो प्रतियोगिता खेलिरहेको दाउफिन्सले यसै साता मनकामना केबुलकार फुटबल प्रतियोगिताको उपाधि जितेको थियो ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.