default_image

7 years ago

February 15, 2019

सावित्रा हिरो गोल्डकपकी सर्वाधिक गोलकर्ता

145 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी भारतमा बिहीबार सम्पन्न हिरो वुमन्स गोल्ड कपमा संयुक्त रुपमा सर्वाधिक गोलकर्ता बनेकी छिन् । म्यानमारसँग ३–१ ले पराजित हुँदै नेपाल गोल्ड कपमा उपविजेतामा सिमित भएको थियो ।


व्यक्तिगत सफलतामा भने सावित्रा र म्यानमारी यी यी ओन सर्वाधिक गोलकता रहे । दुवैले समान ४ गोल गरे । सावित्राले राउन्ड रोविनका ३ मध्ये २ खेलमा गोल गरेकी थिइन् ।

भारतलाई २–१ ले पहिलो पटक हराउँदा २ गोल गरेकी सावित्राले इरानलाई ३–० ले हराउँदा पनि २ गोल नै गरेकी थिइन् । सावित्राले अहिले सम्म राष्ट्रिय टोलीका लागि २२ गोल गरिसकेकी छिन् । सावित्रा र ओले संयुक्त रुपमा १ लाख भारतीय रुपैयाँ प्राप्त गरे ।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.