7 years ago
February 16, 2019
एजेन्सी – ब्राजिलको राष्ट्रिय फुटबल टोलीले अर्को महिना दुई मैत्रीपूर्ण खेल खेल्दैछ । उक्त खेलका लागि स्टार फरवार्ड नेयमारको अनुपस्थितिमा रियल म्याड्रिडका युवा फरवार्ड भिनिसियस जुनियरले सिनियर टोलीबाट मौका पाउने भएका छन् ।

ब्राजिलले मार्च २३ मा पानामा र मार्च २६ मा चेक गणतन्त्रसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ । उक्त दुई खेलका लागि प्रशिक्षक टिटेले रियल म्याड्रिडका १८ वर्षीय फरवार्ड भिनिसियसलाई टोलीमा समेट्ने बताएका छन् । टिटेका सहायक प्रशिक्षक सिल्भिन्होले उनको खेल पनि हेरिसकेका छन् ।
यसै वर्ष ब्राजिलमा हुने कोपा अमेरिकाका लागि टोलीका विकल्पका रुपमा पनि भिनिसियसलाई हेरिएको छ । हाल नेयमारको चोटका कारण युवा फरवार्ड भिनिसियसले जिम्मेवारी पूरा गर्न सके दुवै खेलाडीलाई कोपा अमेरिकामा सँगै प्रयोग गर्न सकिने विकल्प पनि हेरिनेछ । रियल म्याड्रिडमा सिजनको सुरुवातमा कमै मौका पाएका भिनिसियस पछिल्लो समय भने निकै राम्रो लयमा छन् ।
भिनिसियसको उत्कृष्ट लयका कारण रियलको टोलीमा इस्को, मार्को एसेस्न्सियोलगायतका खेलाडीलाई पनि सुरुवाती रोजाइमा स्थान बनाउन कठिन भइरहेको छ । रियलले लामो समयदेखि नेयमारलाई भित्र्याउने प्रयास गरेपनि पछिल्लो समय भिनिसियसको खेल प्रदर्शनले रियलका पदाधिकारी निकै प्रभावित हुँदै त्यसतर्फ नलाग्ने संकेत देखाएका छन् ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]