7 years ago
February 16, 2019
दिपक न्यौपाने
बुटवल – बुटवलको प्रतिष्ठित तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको २१ औं संस्करण आज सुरु हुँदैछ । १० टोलीको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा समूह ए अन्तर्गत नेपाल एपिएफ क्लब र झापा ११ बीच प्रतिस्पर्धा हुनेछ ।

समूह कपमा क्यामरुनको दाउफिन्स एफसी, सुनसरी ११ र लाली रुपन्देही रहेका छन् । त्यस्तै समूह खमा च्यासल युथ क्लब, सिएमजी क्लब संकटा, सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब, भारतको ब्रदर्श युनाइटेड र नेपाल पुलिस क्लब रहेका छन् ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन हुने प्रतियोगिता एन्फा टेक्निकल सेन्टर देविनगरमा हुनेछ । फागुन १३ गते फाइनल हुने प्रतियोगिताको विजेताले ८ लाख ८० हजार र दोस्रो हुने टोलीले ५ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

लाली तयारी चाउचाउ मुख्य प्रायोजक रहेको प्रतियोगितालाई इन्टप्रोले प्रायोजन तथा टुबोर्ग र रुस्लान फुटबलले सह प्रायोजन गरेका छन् ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]