7 years ago
February 16, 2019
दीपक न्यौपाने, बुटवल
फरवार्ड कर्ण लिम्बूको उत्कृष्ट प्रदर्शनमा झापा-११ फुटबल क्लबले २१ औं तिलोत्तोमा गोल्डकपको उद्घाटन खेलमा नेपाल एपीएफ क्लबलाई २-० पराजित गरेको छ । यस जितसँगै झापा प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

खेलको आठौं मिनेटमा कर्णकै गोलमा झापाले सुरुवाती अग्रता लिएको थियो । दोस्रो हाफको ५० औं मिनेटमा बुद्ध तामाङले झापाको अग्रता दोब्बर पारे । खेलको म्यान अफ द म्याच झापाका कप्तान समेत रहेका कर्ण भए ।
यस जितसँगै झापा प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । झापाले अब क्वाटरफाइनलमा दाउफिन्स फुटबल क्लबको सामना गर्नेछ । क्वाटरफाइनल खेल फाल्गुन ८ गते हुनेछ ।
फागुन १३ गते सम्म चल्ने प्रतियोगितामा दुई विदेशी टोली क्यामरुनको दाउफिन्स एफसी, भारतको ब्रदर्श युनाइटेडको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ८ लाख ८० हजार र दोस्रो हुने टोलीले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्टले स्कुटर प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । २०३१ सालमा स्थापना भएर २०३३ सालबाट शुरु भएको तिलोत्तमा गोल्डकपको उपाधि गत वर्ष रुस्लान थ्री स्टार क्लबले जितेको थियो ।
उद्घाटन ……………….
रुपन्देही जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताको उद्घाटन बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले गरे । बुटवल उपमहानगरपालिका प्रतियोगिताको संरक्षक हो । मेयर सुवेदीले तिलोत्तमा गोल्डकपले यस क्षेत्रको खेलकुद बिकासमा महत्वपूर्ण टेवा पुराएको बताए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले फुटबल बिकासका लागी ग्रासरुटबाटै कार्यक्रम ल्याइएको जानकारी दिदै सबै क्षेत्रको सहयोगले फुटबलको बिकास हुने बताए ।
जिल्ला खेलकुद विकास समितिरुपन्देहिका अध्यक्ष योग गुरुङले रुपन्देही अन्य क्षेत्र जस्तै खेलकुदमा पनि अघि बढेको दाबी गरे । प्रतियोगिता यशोदा फुड्स प्रालीको मुख्य प्रायोजन सञ्चालन भएको छ ।
घरेलु टोलीविरुद्ध मोरङ ११
प्रतियोगिता आइतबार घरेलु टोली लाली रुपन्देही र मोरङ ११ बीच प्रतिस्पर्धा हुनेछ । १४ औं र १८ औं अठारौ संस्करणको विजेता टोली समेत रहेको रुपन्देही यसपटक पनि उच्च प्रदर्शन गर्ने लक्ष्य राखेको छ । मोरङले भने अहिले सम्म तिलोत्तमा गोल्ड कप जित्न सकेको छैन ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]