7 years ago
February 16, 2019
पोखरा (हाम्रो खेलकुद) – अर्को साता .सुरु हुने आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा १० टोलीको सहभागिता रहने भएको छ ।

फागुन ९ गते देखि पोखरा रंगशालामा सुरु हुने १७ औं संस्करणको आहा गोल्ड कपमा २ विदेशी सहित १० टोलीको सहभागिता रहने आयोजक सहारा क्लबले जानकारी दिएको छ ।
मनकामना केबुलकार पोखरा कप र बुढासुब्बा गोल्कपको विजेता क्यामरुनको डाउफिन्स टिम फेम्ली फुटबल क्लव र भारतको सिक्किम युनाईटेड क्लबले भाग लिनेछन् ।
त्यस्तै घरेलु टोलीमा तीन विभागिय टिम नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब, लिग विजेता सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब, रुस्लान थ्री स्टार क्लब, हिमालयन शेर्पा क्लब, सिएमएस क्लब संकटा र आयोजक सहारा क्लबको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले उपाधि सहित ८ लाख १ हजार र दोस्रो टोलीले ४ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् । गत बर्षको तुलनामा यस बर्ष विजेतालाई एक लाख र दोस्रो टोलीलाई ५० हजार पुरस्कार बढाइएको बताइएको छ ।
प्रतियोगिता हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुँदै आएको छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]