default_image

7 years ago

February 17, 2019

मेसीको पेनाल्टीमा बार्सिलोना विजयी

166 views

0 Bookmark

एजेन्सी – कप्तान लिअोनेल मेसीले पेनाल्टीमा गरेको गोल निर्णायक सावित हुँदा स्पेनिस ला लिगाअन्तर्गत शनिबार बार्सिलोनाले रियल भालाडोलिडलाई १-० ले पराजित गरेको छ । उनले खेलमा पाएको अर्को पेनाल्टीमा भने गोल गर्न सकेनन् ।

शनिबार घरेलु मैदान क्याम्प नोउमा मेसीले खेलको ४३ अौं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गरेका थिए । भालाडोलिडका मिसेलले जेरार्ड पिकेलाई लडाएपछि प्राप्त पेनाल्टीमा मेसीले कुनै गल्ती गरेनन् । मेसीले गरेको अन्य प्रयासमा भने बार्सिलोनाका पूर्व गोलरक्षक जोर्डि मासिप लगातार बाधक बनिरहे ।

दोस्रो हाफको अन्तिम समयतिर पनि बार्सिलोनाले पेनाल्टी पाएको थियो । यसपटक भने मेसीको प्रहारलाई गोलरक्षक मासिपले विफल पारे । किको अोलिभासले वैकल्पिक खेलाडी फिलिपे कोउटिन्होलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

यस जितसँगै बार्सिलोनाले अंक तालिकाको शीर्ष स्थानमा अग्रता बढाएको छ ‌। बार्सिलोनाको २४ खेलमा ५४ अंक छ भने एट्लेटिकोको समान खेलमा ४७ अंक छ । एक खेलमा कम खेलेको रियलले ४५ अंक जोडेको छ ।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.