default_image

7 years ago

February 17, 2019

सिटीको फराकिलो जितमा फोडेनको दुई गोल

104 views

0 Bookmark

एजेन्सी – युवा खेलाडी फिल फोडेनको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर सिटीले एफए कपअन्तर्गत शनिबार भएको खेलमा न्यूपोर्ट काउन्टीलाई ४-१ ले पराजित गरेको छ । यससँगै सिटी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

खेलको पहिलो हाफमा तल्लो श्रेणीको न्यूपोर्टले सिटीको दबाबलाई परास्त गर्दै गोलरहित बराबरी खेलेको थियो । दोस्रो हाफको ५१ औं मिनेटमा लेरोय सानेले गोल गर्दै सिटीलाई अगाडी बढाए । फोडेनले ७५ औं मिनेटमा अग्रता दोब्बर पारे । न्यूपोर्टका लागि अमोन्डले ८८ औं मिनेटमा गोल गर्दै अग्रता घटाएका थिए ।

लगत्तै फोडेनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको २ गल्को अग्रता पुन: स्थापना गरे । फोडेनको जारी सिजन कप प्रतियोगितामा यो पाँचौ गोल हो । इन्ज्युरी समयको चौथो मिनेटमा रियाद माहरेजले गोल गर्दै सिटीको जित पक्का गरे ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.