default_image

5 years ago

February 17, 2019

घरेलु मैदानमा रियल जिरोनासँग पराजित

एजेन्सी – स्पेनिस टोली रियल म्याड्रिड ला लिगाअन्तर्गत आइतबार भएको खेलमा जिरोनासँग २-१ ले पराजित भएको छ । पहिलो हाफमा १-० ले अगाडी रहेको रियल दोस्रो हाफमा २ गोल खाँदै पराजित भएको थियो । रियलले पहिलो हाफको २५ औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो । टोनी क्रुसको पासमा क्यासेमिरोले गोल गर्दै रियललाई अगाडी बढाएका थिए […]

27 views

0 Bookmark

एजेन्सी – स्पेनिस टोली रियल म्याड्रिड ला लिगाअन्तर्गत आइतबार भएको खेलमा जिरोनासँग २-१ ले पराजित भएको छ । पहिलो हाफमा १-० ले अगाडी रहेको रियल दोस्रो हाफमा २ गोल खाँदै पराजित भएको थियो ।

रियलले पहिलो हाफको २५ औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो । टोनी क्रुसको पासमा क्यासेमिरोले गोल गर्दै रियललाई अगाडी बढाएका थिए । दोस्रो हाफको ६५ औं मिनेटमा जिरोनाका लागि क्रिस्टियन स्टुआनीले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

७५ औं मिनेटमा रियल खेलमा पछाडी पर्यो । पोर्टुले गोल गरेपछि जिरोनाले अग्रता लिएको थियो । खेलको अन्तिम मिनेटमा रियलका कप्तान सर्जियो रामोस रातो कार्ड खाँदै मैदान बाहिरीए ।

रियलले अंक तालिकाको दोस्रो स्थानमा उत्रने मौका गुमाएको छ । रियलको २४ खेलमा ४५ अंक जोडेको छ । दोस्रो स्थानको एटलेटिकोले २४ खेलमा ४७ तथा शीर्षस्थानको बार्सिलोनाले २४ खेलमा ५४ अंक जोडेको छ ।

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

April 14, 2024

लेभरकुसनलाई पहिलोपटक बुन्डेसलिगा उपाधि

एजेन्सी – जाभी अलोन्सोको प्रशिक्षणमा रहेको बायर लेभरकुसनले क्लब इतिहासमा पहिलोपटक बुन्डेसलिगाको उपाधि जितेको छ । आईतबार वेर्डर ब्रेमन माथि ५-० को सहज जित संगै लेभरकुसनको पहिलो लिग उपाधि पक्का भएको हो । लेभरकुसनको जितमा फ्लोरियन विर्ट्जले ह्याट्रिक पूरा गरे भने भिक्टर बोनिफेशले र ग्रानिट झाकाले खेलमा एक-एक गोल गरे । ९०औं मिनेटमा विर्ट्जले गोल […]

April 14, 2024

उपाधि आकांक्षी लिभरपुल स्तब्ध

एजेन्सी – प्रशिक्षक योर्गन क्लपको अन्तिम सिजनको सुखद अन्त्य गर्ने आशामा रहेको लिभरपुलको उपाधि आकांक्षामा धक्का लागेको छ । पछिल्लो हप्ता म्यानचेस्टर युनाइटेड विरुद्ध बराबरी खेलेको लिभरपुल आज भने क्रिस्टल प्यालेस विरुद्ध पराजित भएको हो । क्रिस्टल प्यालेसले लिभरपुलकै घरेलु मैदानमा १-० को जित हासिल गरेको हो । प्यालेसको जितमा एबेरिचे एजेले खेलको १४औं मिनेटमा […]

Success

Thank you for your time.