7 years ago
February 17, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल यू-१९ राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक अर्पण कार्कीले उत्कृष्ट प्रदर्शन गरेपछि पारो फुटबल क्लब जिग्मे दोर्जी वाङचुक मेमोरियल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पारोले जयगाँव फुटबल क्लबलाई २-१ ले पराजित गर्दा अर्पण म्यान अफ दि म्याच घोषित भए ।

भुटानको फुन्तसोलिङमा अाइतबार पारोले खेलको पहिलो हाफको इन्जुरी समयमा अग्रता लिएको थियो । जन जेनियामाले पारोलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले खेलको ५७ अौं मिनेटमा अग्रता दोब्बर पारे । तर त्यसको एक मिनेटपछि नै जयगाँवका लागि स्वाङ लामाले एक गोल फर्काए । खेलको अन्तिम मिनेटमा अर्पणले उत्कृष्ट बचाउ गरेपछि पारोले सेमिफाइनल यात्रा तय गरेको हो ।
पछिल्लो समय नेपालमा नेपाल पुलिस क्लबबाट घरेलु फुटबल खेल्दै आएका अर्पण यसै प्रतियोगिताको लागि भुटान पुगेका हुन् । उनले यसअघि माल्दिभ्सको दोस्रो श्रेणीबाट पनि खेलिसकेका छन् । नेपालले आगामी मार्चमा खेल्ने एएफसी यू-२३ च्याम्पियनसिप छनोटमा उनले टोलीको जिम्मेवारी सम्हाल्ने प्रबल सम्भावना रहेको छ ।
पारोले अब सेमिफाइनलमा नेपालकै त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । अार्मीले थिम्पु सिटीलाई ६-० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । खेल १९ फेब्रुअरीमा हुनेछ । अर्को नेपाली क्लब रुस्लान थ्री स्टार पनि प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]