7 years ago
February 17, 2019
दीपक न्यौपाने ,बुटबल
सुनसरी ११ लाई सडन डेथमा हराउँदै आयोजक लाली रुपन्देही ११ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । क्यानरुनको दाउफिन्स र झापा ११ बीचको विजेतासँग रुपन्देहीले सेमिफाइनल खेल्नेछ ।

बुटलबको एन्फा टेक्निकल सेन्टर देविनगरमा आइतबार निर्धारित ९० मिनेट गोलरहित र टाइब्रेकरमा ३–३ को बराबरीपछिको सडन डेथमा आयोजक टोलीले बाजी मारेको थिजयो । सगग्रमा आयोजक टोली ५–४ ले विजयी भएको थियो ।
सडन डेथमा सुनसरीका उमेश राई असफल भए । आयोजक टोलीका निशान न्यौपानेले भने कुनै गल्ति गरेनन्, जसका कारण टोली अन्तिम चार पुग्न सफल भयो । आयोजक टोलीका रक्षक राम्से म्यान अफ दी म्याच चुनिए र उनले १० हजार रुपैयाँ पाए ।
रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी २१ औं तिलोत्तमा गोल्डकपमा सोमबार दुई ए डिभिजन टोली च्यासल युथ क्लब र सिएमजी क्लब संकटाबीच प्रतिस्पर्धा हुनेछ । १० टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले ८ लाख ८० हजार र दोस्रो हुने टोलीले ५ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]