default_image

7 years ago

February 18, 2019

नेपोली बराबरीमा रोकिँदा युभेन्टसलाई फाइदा

141 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत आइतबार दोस्रो स्थानको नेपोली र नवौं स्थानको टोरीनोको खेल गोलरहित बराबरीमा टुंगिएको छ ।

नेपोलीको घरेलु मैदानमा नवनियुक्त कप्तान लोरेन्जो इन्सिगने पाएका अवसर सदुपयोग गर्न नसक्दा खेलमा कुनै गोल हुन सकेन । नेपोलीले अधिकांश समय दबाब बनाएपनि  टोरीनोका गोलरक्षक साल्भाटोरे सिरिगु लगातार बाधक बनिरहे । यसअघिको खेलमा पनि नेपोली फिओरेन्टिनासँग गोलरहित बराबरीमा रोकिएको थियो ।

बराबरीले शीर्ष स्थानको युभेन्ट्सलाई निकै फाइदा पुगेको छ । युभेन्ट्सले १३ अंकको अग्रता लिंदै उपाधि जित्ने सम्भावनालाई अझै बलियो बनाएको छ । युभेले जारी सिजन अपराजित यात्रा कायम गर्दै २४ खेलमा २१ जित र ३ बराबरीसहित ६६ अंक जोडेको छ । यता दोस्रो स्थानको नेपोली २४ खेलमा १६ जित, ५ बराबर र ३ हारसहित ५३ अंकमा रहेको छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.