7 years ago
February 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको रुस्लान थ्री स्टार क्लबले भुटानको फुन्त्सोलिङमा जारी जिग्मे दोर्जी वाङचुक मेमोरियल गोल्डकपको सेमिफाइनलमा युनाइटेड ब्रदर्सको सामना गर्ने भएको छ ।

सोमबार भएको अन्तिम क्वाटरफाइनल खेलमा युनाइटेड ब्रदर्सले भारतको रोयल फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि युनाइटेडले टाइब्रेकरमा ४-३ को जित दर्ता गरेको थियो । रोयलले ३५ औं मिनेटमा आदर्श तामाङको गोलमा अग्रता लिएपनि दोस्रो हाफको इन्ज्युरी समयमा युनाइटेडका लागि विशिष्ट सुब्बाले बराबरी गोल फर्काए । रोयलबाट नेपाली यू-२३ राष्ट्रिय टोलीका डिफेन्डर निरज बस्नेत पनि खेलेका थिए ।
प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल खेल मंगलबार हुनेछ । नेपालको त्रिभुवन आर्मी क्लबले पारो एफसीसँग फाइनलमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछ । नेपाली यू-१९ राष्ट्रिय फुटबल टोलीका कप्तान अर्पण कार्की पारोबाट खेलिरहेका छन् । बुधबार दोस्रो सेमिफाइनलमा थ्री स्टार र युनाइटेड ब्रदर्स खेल्नेछन् ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]