7 years ago
February 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – हिरो गोल्डकपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार स्वदेश फर्किएको छ । भारतको भुवनेश्वरमा आयोजना भएको प्रतियोगितामा ४ देशको सहभागिता रहेको थियो ।

नेपाली टोली भारतको भुवनेश्वरबाट सोमबार स्वदेश फर्किएपनि काठमाडौं आउने छैनन् । अखिल नेपाल फुटबल संघका अनुसार नेपाली महिला फुटबल टोली पाँचौ महिला साफ च्याम्पियनसिपका लागि इटहरीमा रहेर बन्द प्रशिक्षणमा रहनेछ । महिला साफ च्याम्पियनसिप फागुन २८ गतेबाट विराटनगरमा आयोजना हुदैछ । यसै प्रतियोगिताको तयारीका लागि भारतले चार देशबीच हिरो महिला गोल्डकप आयोजना गरेको थियो । उक्त गोल्डकपमा नेपाल उपविजेता बनेको थियो ।
शनिबार भएको फाइनलमा नेपाल म्यानमारसँग ३–१ ले परजित भएको थियो । लिग चरणको पहिलो खेलमा म्यानमारसँग ३–० ले पराजित भएपनि नेपालले त्यसपछि भारतलाई २–१ ले तथा इरानलाई ३–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
साफ च्याम्पियनसिपको सुरुवाती तीन संस्करणको उपविजेता नेपाल गत संस्करणमा भने सेमिफाइनलबाटै बाहिरिएको थियो । सबै भेटमा नेपाल भारतसँग नै निराश हुनुपरेको थियो । तर, हिरो महिला गोल्डकपमा भारतीय टोलीलाई २–१ पराजित गरेपछि नेपाली टोलीको मनोबल उच्च छ । नेपालले महिला फुटबलमा भारतलाई पराजित गरेको त्यो पहिलो अवसर हो ।
साफ च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा बंगलादेश, भुटान र पाकिस्तान रहेका छन् । समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् । नेपालले २८ फागुनमा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यसपछि ३० फागुनमा पाकिस्तान तथा २ चैतमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । हरेक समूहका दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । फाइनल खेल ८ चैतमा हुनेछ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]