7 years ago
February 19, 2019
एजेन्सी – मिडफिल्डर पल पोग्बाको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर युनाइटेडले एफए कपअन्तर्गत सोमबारको खेलमा चेल्सीलाई २-० ले पराजित गरेको छ । यससँगै युनाइटेड प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

चेल्सीको घरेलु मैदान स्टाम्फर्ड ब्रीजमा पोग्बाले एक गोल र एक असिस्ट प्रदान गरे । खेलको ३१ हौं मिनेटमा पोग्बाको क्रसमा अान्देर हरेराले गोल गर्दै युनाइटेडलाई अगाडी बढाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा मार्कस रासफर्डको क्रसमा पोग्बाले हेडर गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।
घरेलु टोली चेल्सीले खेलको सुरुवाती समयमा पाएको अवसर सदुपयोग गर्न नसक्दा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिनु परेको हो । इडेन हाजार्ड, गोन्जालो हिगुअाइन लगायतले गोल गर्न नसक्दा प्रशिक्षक मौरिजियो सार्रीमाथि दवाव बढेको छ ।
युनाइटेडले अब क्वाटरफाइनलमा वल्भसको सामना गर्नेछ । यता चेल्सी भने खराब लयबाट गुज्रिरहेको छ । चेल्सीले पछिल्ला १० खेलमध्य ५ जित र ५ हार बेहोरेको छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]