default_image

7 years ago

February 19, 2019

डर्टमुन्ड गोलरहित बराबरीमा रोकियो

108 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बोरुसिया डर्टमुन्ड सोमबार भएको लिग खेलमा नुर्नबर्गसँग गोलरहित बराबरीमा रोकिएको छ ।

नुर्नबर्गको मैदानमा भएको खेलमा डर्टमुन्डले खेलको अधिकांश समय दवाव बनाएपनि प्राप्त अवसरको सदुपयोग गर्न भने सकेन । यस बराबरीले डर्टमुन्डको शीर्षस्थानको अग्रतालाई घटाएको छ ‌। बायर्नभन्दा ५ अंक माथि जाने अवसर गुमाउँदा टोली अब ३ अंकले मात्र अगाडी रहेको छ ।

डर्टमुन्डले पछिल्लो ५ खेलमा जित दर्ता गर्न सकेको छैन । टोलीले सन् २०१५ यता पहिलोपटक लगातार दोस्रो खेलमा गोल गर्न नसकेको हो ।

अंक तालिकामा डर्टमुन्डले २२ खेलमा ५१ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको बायर्न म्युनिख २२ खेलमा ४८ अंक लिएर पछ्याइरहेको छ ‌। तेस्रो स्थानमा बोरुसिया मोन्चेनग्लाडबाकले २२ खेलमा ४३ अंक बनाएको छ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.