7 years ago
February 19, 2019
एजेन्सी – यूईएफए च्याम्पियन्स लिगअन्तर्गत प्रि–क्वाटरफाइनलमा आज राति इंग्लिस क्लब लिभरपुलले जर्मन क्लब बायर्न म्युनिखलाई घरेलु मैदानमा आतिथ्यता गर्दैछ । पहिलो लेगको खेल लिभरपुलको घरेलु मैदानमा आज राति १ः४५ बजेपछि हुनेछ ।

घरेलु टोली लिभरपुल बायर्नलाई पराजित गर्ने लक्ष्यमा मैदान उत्रनेछ । लिभरपुलले बायर्नसँगको सात खेलमध्ये एक खेलमा मात्रै पराजय भोगेका कारण टोली उच्च मनोवलका साथ मैदान उत्रनेछ । लिभरपुलले ४ मा जित र २ बराबरीको नतिजा निकालेको छ ।
च्याम्पियन्स लिग फुटबलमा लिभरपुल घरेलु मैदानमा पछिल्लो १९ खेलमा अपराजित छ । सन् २०१४ मा स्पेनिस क्लब रियल मड्रिडसँग ३–० ले पराजित भएयता लिभरपुल घरेलु मैदानमा अपराजित रहेको छ । जसमा १४ जित र ५ बराबरीको नतिजा रहेको छ । यो सिजन उच्च लयमा रहेको लिभरपुल प्रिमियर लिगको दोस्रो स्थानमा रहेको छ । लिभरपुल म्यानचेस्टर सिटीसँग गोल अन्तरमा पछि परेको हो ।
लिभरपुलसँग मोहम्मद सलाह, साडियो माने, रोबर्टाे फिर्मिनो र जद्रान शाकिरीजस्ता खेलाडीहरु रहेका छन् । भर्जिल भान डिजिक र एन्ड्रिउ रोबर्टसन भने कार्डको प्रतिबन्धमा छन् । तर, लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले घरेलु मैदानको फाइदा उठाउने बताएका छन् ।
यता, पछिल्ला खेलमा लिभरपुललाई पराजित गर्न नसकेको बायर्न लिभरपुललाई उसकै मैदानमा स्तब्ध पार्दै दोस्रो चरण प्रवेशको सम्भावनालाई बलियो बनाउने लक्ष्यमा हुनेछ । पछिल्लो ३ खेलमा अपराजित रहेको बायर्न लिभरपुलाई पराजित गर्दै जितको यात्रालाई निरन्तरता दिने योजनामा हुनेछ । बायर्नले थोमस मुलरलाई रातो कार्डका कारण गुमाउदा आर्जेन रोबेन र जेरेमी बोएटिङलाई चोटका कारण गुमाउनेछन् ।
तर, बायर्नसँग रोबर्ट लिवान्डोस्की, थियागो अलकान्टरा, किङ्सले कोमान र लियोन गोरेट्जका जस्ता उत्कृष्ट खेलाडीहरुको साथ रहनेछ । दोस्रो लेग बायर्नको मैदानमा १४ मार्चमा हुनेछ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]