default_image

5 years ago

February 20, 2019

एकतर्फी खेलमा बार्सिलोना र लियोनको गोलरहित बराबरी

एजेन्सी – फ्रान्सेली क्लब लियोनका गोलरक्षक एन्थोनी लोपेसको उत्कृष्ट प्रदर्शनसँगै यूईएफए च्याम्पियन्स लिगअन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा बार्सिलोना गोलरहित बराबरीमा रोकिएको छ । स्टार खेलाडीले भरिएको बार्सिलोनाले खेल अवधिभर २५ अवसर सिर्जना गरेपनि त्यसमा गोलरक्षक लोपेस बाधक बनिरहे । खेलको सुरुवाती समयदेखि नै अवसर पाएको बार्सिलोनाका लागि लियोनेल मेसी, लुइस सुआरेज, फिलिपे कोउटिन्हो, […]

36 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली क्लब लियोनका गोलरक्षक एन्थोनी लोपेसको उत्कृष्ट प्रदर्शनसँगै यूईएफए च्याम्पियन्स लिगअन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा बार्सिलोना गोलरहित बराबरीमा रोकिएको छ ।

स्टार खेलाडीले भरिएको बार्सिलोनाले खेल अवधिभर २५ अवसर सिर्जना गरेपनि त्यसमा गोलरक्षक लोपेस बाधक बनिरहे । खेलको सुरुवाती समयदेखि नै अवसर पाएको बार्सिलोनाका लागि लियोनेल मेसी, लुइस सुआरेज, फिलिपे कोउटिन्हो, अोस्मान डेमबेले लगायतले अवसर चुकाए ।

बार्सिलोनाको पछिल्लो ५ खेलमा यो चौथो बराबरी नतिजा हो । च्याम्पियन्स लिगको नकअाउट चरणका अवे खेलमा बार्सिलोनाले जित दर्ता गर्न नसकेको यो लगातार छैटौं पटक हो । लियोनले भने सातौं प्रयासमा पनि बार्सिलोनालाई पराजित गर्न सकेन ।

दोस्रो लेगको खेल मार्च १३ मा क्याम्प नोउमा हुनेछ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.