default_image

7 years ago

February 20, 2019

एट्लेटिको म्याड्रिड र युभेन्टस भिड्दै

118 views

0 Bookmark

एजेन्सी – युरोपेली क्लब फुटबलको सबैभन्दा चर्चित युइएफए च्याम्पियन्स लिग फुटबल अन्तरगतको प्रि–क्वाटरफाइनलको पहिलो लेगको खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले इटालियन क्लब युभेन्टसको सामना गर्दैछ । खेल एट्लेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा आज राति १ः४५ बजेपछि हुनेछ ।

घरेलु टोली मड्रिड युभेन्टसलाई पराजित गर्ने लक्ष्यमा मैदान उत्रनेछ । पछिल्लो समय यी दुई टोलीले दुईपटक खेलेका छन् । जसमा एट्लेटिकोले १ खेलमा जित र १ बराबरीको नतिजा निकालेको छ । इटालियन क्लबविरुद्ध डिएगो सिमोनीको नेतृत्वमा रहेको एट्लेटिकोले अहिलेसम्म हार बेहोरेको छैन । ६ खेलमध्ये एट्लेटिकोले ४ मा जित र २ बराबरीको नतिजा निकालेको छ । सोही प्रदर्शनलाई एट्लेटिको निरन्तरता दिने योजनामा हुनेछ ।

एट्लेटिकोसँग एन्टोइन ग्रिजमन, अल्भेरो मोराटा, भिटोलो, थोमस लेमार र साउल निग्वेजजस्ता खेलाडी छन् । गोलरक्षकमा जान ओब्लाक रहनेछन् । उनीहरुले जुनसुकै बेला पनि खेल परिवर्तन गर्न सक्छन् । स्पेनिस ला लिगामा एटलेटिको दोस्रो स्थानमा रहेको छ ।

यता, सिरी ‘ए’ मा अपराजित युभेन्टस घरेलु टोलीलाई पराजित गर्दै दोस्रो लेगलाई थप बलियो बनाउने योजनासहित मैदान उत्रनेछ । पछिल्ला दुई भेटमा युभेन्टसले एट्लेटिकोलाई पराजित गर्न सकेको छैन । यही जिन्कलाई युभेन्टस तोड्ने लक्ष्यमा हुनेछ ।

यसै सिजन स्पेनिस क्लब रियल मड्रिडबाट युभेन्टस् पुगेका क्रिस्टियानो रोनाल्डोको आगमनले उत्कृष्ट लयमा रहेको छ । युभेन्टसमा रोनाल्डोमात्रै नभएर मारियो म्यान्जुकिक, पाउलो डिबाला, जर्जियो किलियानी, लियोनार्डो बोनुची जस्ता खेलाडीहरु रहेका छन् ।

युभेन्टस समूह ‘एच’ को समूह विजेता तथा एट्लेटिको समूह ‘ए’ को उपविजेता टोली बन्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको थियो । दोस्रो लेग १३ मार्चमा युभेन्टसको मैदानमा हुनेछ ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.