7 years ago
February 20, 2019
काठमाडौं (हाम्रो खेलकुद)- भारतको गुवाहाटीमा आजदेखी सुरु डाक्टर तालिमेरेन टि ओ फुटबल च्याम्पियनसिपमा एन्फाको यु–२१ टोलीले हारबाट सुरुआत गरेको छ । समुहको बि को पहिलो खेलमा मेघालयसंग ३–२ ले पराजित हुँदै नेपालले हारबाट सुरुआत गरेको हो ।

मेघालयको जितमा रोबट खोङजो, सइबोरनोन गुरुम र फिगो सेन्डाईले गोल गर्दा नेपालका रेजिन सुब्बा र प्रिजन तामाङले गोल गरे । खेलको १५ औं मिनेटमा रोबटको गोलमार्फत मेघालयले अग्रता लिएको थियो ।
तर ३८ औं मिनेटमा नेपालले रेजिनको गोलमार्फत खेल बराबरी पार्यो । ७६ औं मिनेटमा सइबोरनोन गुरुमले गोलगरेपछि २–१ को स्थितीमा पुगेको मेघालयले इन्जुरी समय गोल गर्दै अग्रता ३–१ मा पुयाएको थियो ।
तर, इन्जुरी समयमा नेपालका प्रिजनले पेनाल्टीमार्फत अग्रता घटाएका थिए । प्रिजनले पेनाल्टी अवसरलाई सदुपयोग गर्दै अग्रता ३–२ मा पुयाएपनि टोलीलाई जित दिलाउन सकेन् । दोस्रो खेल नेपालले भोली त्रिपुरासँग खेल्नेछ । समूहका विजेता र उपविजेताले दोस्रो चरणमा भिड्नेछन् । प्रतियोगिताको फाईनल खेल २८ तारिखमा हुनेछ ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]