7 years ago
February 21, 2019
पोखरा (हाम्रो खेलकुद)– घरेलु फुटबल पुरानो गोल्ड कप मध्येको एक आहा रारा गोल्ड कपको १७ औं संस्करण आज सुरु हुँदैछ । पोखरा रंगशालामा हुने उद्घाटन खेलमा नेपाल एपिएफ क्लबले आयोजक सहारा क्लबको सामना गर्नेछ ।

१० टोलीको सहभागिता रहेको प्रतियोगितामा यसपटक पुरस्कार राशिमा वृद्धि गरिएको छ । प्रतियोगिताको विजेताले ८ लाख १ हजार रूपैया तथा दोस्रो हुनेले ४ लाख १ हजार रूपैयाँ पाउनेछन् । गत संस्करणमा विजेताले ७ लाख १ हजार र उपविजेताले ३ लाख ५१ हजार पाएका थिए ।
फागुन १८ फागुनसम्म हुने प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउ रहेको छ । आहा गोल्ड कपमा सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, धरान फुटबल क्लब, भारतको युनाइटेड सिक्किम फुटबल क्लब, रुस्लान थ्री स्टार क्लब, आयोजक सहारा क्लब पोखरा, क्यामरुनको डाउफिन्स फेमिली टिम फुटबल क्लब र हिमालयन शेर्पा क्लब रहेका छन् ।
प्रतियोगिताबाट १ करोड ३० लाख आम्दानी हुने र खर्च कटाइ ३२ लाख २ हजार बचत गरिने क्लबको लक्ष्य रहेको आयोजकले जनाएको छ । सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर, वेष्ट अफ फाइभ विधातर्फ जनही १५ हजार र ट्रफी दिइनेछ । यस्तै सर्वाधिक गोलकर्ता खेलाडीले २५ हजार साथमा ट्रफी पाउनेछ ।
उद्घाटनमा सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानवापत ३५ हजार रुपैयाँ प्रदान गर्ने तयारी समेत गरेको छ । सहाराले पोखरा १७ दोबिल्लामा सहारा एकेडेमी संचालन गरी १६ जिल्लाका विपन्न तथा कठिन परिस्थितिका २८ जना बालकलाई फुटबल सिकाउँदै आवासीय सुविधा दिएको छ । आहा रारा १७ औं संस्करण भएपनि क्लबले सुरुवातमा क्याराभानसहित आयोजना गरेको यो १८औं संस्करण हो ।
December 21, 2025
एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]
December 21, 2025
एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]
December 21, 2025
एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]