default_image

7 years ago

February 21, 2019

किरणले सहाराको वर्ष खेलाडी सम्मान पाउने

96 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङलाई सहारा क्लब पोखराले वर्षको उत्कृष्ट खेलाडी २०७४ बाट सम्मान गर्ने भएको छ । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १७ औं संस्करणको उद्घाटनका दौरान किरणलाई सम्मान गर्न लागिएको हो ।

सहाराले यो वर्षदेखि राष्ट्रिय टोलीमा रहेका एक खेलाडीलाई सम्मान गर्ने परम्पराको थालनी गरेको थियो । गत वर्ष राष्ट्रिय टोलीका फरवार्ड भरत खवासलाई सम्मान गरिएको थियो । त्यसअघि क्लबले पुराना खेलाडीलाई सम्मान गर्दै आएको थियो ।

राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलकिपर किरणले यो सिजन माल्दिभ्सको टिसी स्पोर्टसबाट व्यवासायिक फुटबल खेलेका थिए । उनको उच्च प्रदर्शनबाट प्रेरित टोली माल्दिभ्सको लिग च्याम्पियन बनेको थियो । किरण लिगको उत्कृष्ट गोलकिपर समेत चुनिएका थिए । किरण सम्मान ग्रहण गर्नका लागि पोखरा आइसकेका छन् ।

सहारा क्लबको आयोजनामा सुरु हुने आहा गोल्ड कपमा १० टोलीको सहभागिता रहेको छ । उद्घाटन खेल आयोजक टोली र एपिएफ क्लबबीच हुँदैछ । प्रतियोगिताको विजेता टोलीले ८ लाख १ हजार र दोस्रो हुने टोलीले ४ लाख १ हजार रुपैयाँ पाउनेछन् ।

December 21, 2025

पिएसजी फ्रेन्च कपको अन्तिम ३२ मा

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) पाँचौँ श्रेणीको क्लब भेन्डी फोन्तेनेलाई ४-० ले पराजित गर्दै फ्रेन्च कपको अन्तिम ३२ पुगेको छ। पिएसजीका लागि गोंकालो रामोसले २, उस्मान डेम्बेले र डिजायर डोएले गोल गरे। रामोसले दोस्रो हाफमा ५ मिनेटको अन्तरमा लगातार २ गोल गर्दै खेल एकतर्फी बनाइदिए। पहिलो हाफमा डेम्बेले र डोएले गोल गरेका […]

December 21, 2025

रियलको जित, एम्बाप्पेद्वारा रोनाल्डोको कीर्तिमानमा बराबरी

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमको गोलमा रियल म्याड्रिडले ला लिगामा शनिवार सेभिल्लालाई २-० ले हराएको छ। यो खेलमा गोल गर्दै एम्बाप्पेले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन्। सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले सेभिल्लामाथि सहज जित निकाल्यो। जितसँगै रियलले ला लिगाको शीर्ष टोली बार्सिलोनासँगको अंक दूरी १ […]

December 21, 2025

लिभरपुलको जित

एजेन्सी – अलेक्जान्डर इसाक र ह्युगो एकितिकेको गोलमा लिभरपुलले शनिवार प्रिमियर लिगमा टोटेनहम हट्सपरलाई २-१ ले पराजित गरेको छ। टोटनहमले ९ खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो। खेलको ३३औँ मिनेटमा टोटेनहमका जाभी सिमोन्सले सिधा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा दोस्रो हाफमा परिवर्तित इसाकले ५६ औं मिनेटमा […]

Success

Thank you for your time.