7 years ago
February 22, 2019
दिपक न्यौपाने, बुटवल
दाउफिन्स फुटबल क्लबले आयोजक लाली रुपन्देही-११ लाई २-० ले पराजित गर्दै तिलोत्तोमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान पक्का गरको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा दाउफिन्सको जितमा दुवै गोल डीडर टिनाले गरे । उनले खेलको सुरुवाती मिनेटमा गोल गर्दै दाउफिन्सलाई अग्रता दिलाएका थिए । टिनाले ८४ औं मिनेटमा दोस्रो गोल गर्दै दाउफिन्सलाई लगातार तेस्रो फाइनलमा पुर्याए ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका रुपन्देहीका मनोज श्रेष्ठ म्यान अफ द म्याच भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । विजयी टोली दाउफिन्स लगातर तेस्रो उपाधि जित्ने दाउमा छ । यसअघि पोखराको मनकामना कप र धरानको बुढासुब्बा गोल्डकप उपाधि दाउफिन्सले जितेको थियो ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भ्याली च्यासल युवा क्लब र नेपाल पुलिस क्लब खेल्नेछन् । फाइनल खेल फाल्गुन १३ गते हुनेछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]