7 years ago
February 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले मलेसियाको राष्ट्रिय टोलीविरुद्ध मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । खेल मलेसियाको क्वालालम्पुरमा मार्च २५ मा खेलिनेछ ।

स्विडिस प्रशिक्षक योहान कालीनलै राष्ट्रिय टोलीको जिम्मेवारी सुम्पिएलगत्तै एन्फाले मैत्रीपूर्ण खेल तय गरेको हो । कालीनले यसै खेलबाट टोलीको बागडोर सम्हाल्नेछन् । यद्यपी उनलाई राष्ट्रिय टोलीका सबै सदस्य भने उपलब्ध हुने छैनन् । एएफसी यू-२३ छनोट पनि त्यसै समयमा रहेको हुनाले टोलीका केहि सदस्य यू-२३ टोलीमा होमिनेछन् ।
नेपालले एएफसी यू-२३ च्याम्पियनसिप छनोटमा मार्च २२ देखि २६ सम्म प्रतिस्पर्धा गर्दैछ । नेपालको समूहमा आयोजक कतारसँगै अफगानीस्तान र ओमान रहेका छन् । टोलीमा प्रमुख प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनले सम्हाल्नेछन् । यसअघि उनी राष्ट्रिय टोलीको प्रशिक्षक रहेका थिए ।
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]
December 17, 2025
एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]