default_image

7 years ago

February 25, 2019

सिटीलाई लिग कप उपाधि

108 views

0 Bookmark

एजेन्सी – चेल्सीलाई टाइब्रेकरमा पराजित गर्दै म्यानचेस्टर सिटीले लिग कपको उपाधि उचालेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा सिटी ४-३ ले विजयी रहयो ।

खेलको अन्तिम समयमा चेल्सीका प्रशिक्षक मौरिजियो सार्रीले गोलरक्षक केपा आर्रिजबगालालाई परिवर्तन गर्न खोजेपनि खेलाडी आफैंले बाहिर निस्कन नमान्दा प्रशिक्षक रिसले आक्रोशित बनेका थिए । सार्रीले टाइब्रेकरका लागि विली काबालेरोलाई मैदान प्रवेश गराउन खोजेपनि केपाले मैदान छाड्न मानेनन् । टाइब्रेकरमा केपाले लेरोय सानेको प्रहार बचाएपनि जित दिलाउन भने सकेनन् ।

सिटीका लागि सर्जियो अगुएरो, इल्काए गुन्डोगन, बर्नार्डो सिल्भा र रहिम स्टरलिङको प्रहार गोल भयो । चेल्सीका एमर्सन, सेजार एज्पिलीक्वेटा र इडेन हाजार्डले गोल गर्दा जोर्जिन्होको प्रहार एडरसनले बचाए । डेविड लुइजको प्रहार पोस्टमा लाग्नु दुर्भाग्य सावित भयो ।

सिटीले छैटौं पटक लिग कपको उपाधि जितेको हो । प्रतियोगिताको इतिहासमा लिभरपुलले सर्वाधिक ८ पटक यो उपाधि जितेको छ । सिटीले यसअघि सन् २०१६ मा पनि लिभरपुललाई पेनाल्टीमा पर्फजित गर्दै उपाधि जितेको थियो ।

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

December 17, 2025

चेल्सी लिग कपको सेमिफाइनलमा

एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]

Success

Thank you for your time.