7 years ago
February 25, 2019
पोखरा (हाम्रो खेलकुद) – फरवार्ड अनिल गुरुङले सिजनको उच्च प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरेपछि रुस्लान थ्री स्टार क्लब पोखरामा जारी १७औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा सोमबार भएको क्वाटरफाइनल खेलमा थ्री स्टारले भारतको सिक्किम युनाइटेड फुटबल क्लबलाई ५–२ ले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको हो । थ्री स्टारको सहज जितमा अनिल गुरुङले ह्याट्रिक पुरा गरे ।
अजायी मार्टिन्सले एक गोल थप्दा अर्को एक गोल आत्मघाती रुपमा उपहार पाएको थियो । सिक्किमका सोनाम छिरिङ भुटिया र ओन छिरिङ लेप्चाले गोल गरे । थ्री स्टारले खेलको २४औं मिनेटमा अनल गुरुङको गोलबाट अग्रता बनाएको थियो ।
सिक्किमका खेलाडीले थ्री स्टारका सुशील राईलाई फल गरेपछि थ्री स्टारले पेनाल्टीको मौका पाएको थियो । जसलाई अनिल गुरुङले सदुपयोग गरेका हुन् । गत पुसमा सकिएको लिग अघि मनाङबाट थ्री स्टारमा अनुबन्धित भएका अनिलले जारी सिजनमा थ्री स्टारका लागि पहिलो गोल गरेका हुन् ।
पहिलो हाफमा १–० को अग्रता बनाएको थ्री स्टारले दोस्रो हाफमा ४ गोल गर्न सफल हुँदा २ गोल खान पुगेको थियो । ५०औं मिनेटमा अनिल गुरुङले क्रस गरेको बललाई सिक्किमका खेलाडीले क्लियर गर्न खोज्दा गोल भएपछि थ्री स्टारले खेलमा २–० को अग्रता बनाएको थियो ।
अनिलले अजायी मार्टिनलाई दिएको पासलाई सिक्किमका डिफेन्डरले क्लियर गर्न खोज्दा गोलरक्षकलाई लागदै फर्किएपनि पुनः डिफेन्डर जिग्मी देर्जी भुटियालाई लाग्दै गोल भएको थियो । ७०औं मिनेटमा विपक्षी डिफेन्डरको गल्तीको फाइदा उठाउदै मार्टिन्सले गोल गर्दै थ्री स्टारलाई ३–० ले अघि बढाएका थिए ।
डिफेन्डरले दिएको ब्याक पासलाई मार्टिनले चलाखीपुर्ण तरिकाले भेटाउदै खाली पोस्टमा गोल गर्न सफल भएका थिए । ८१औं मिनेटमा अनिलले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरेपछि थ्री स्टारले ४–० को फराकिलो अग्रता बनायो ।
मोविन राईले अनिल गुरुङलाई नै डिबक्समा लडाएपछि थ्री स्टारले पेनाल्टीको मौका पाएको थियो । जसलाई अनिल आफैले सदुपयोग गरे । ८५औं मिनेटमा अनिलले ह्याट्रिक पुरा गर्दै थ्री स्टारको जित पक्का गरे । अनिलले मार्टिनको पासलाई सदुपयोग गरेका थिए । ५–० ले पछि परेपछि सिक्किमले दुई गोल फर्काएपनि हार टार्न सकेन ।
८९औं मिनेटमा सोनामले गोल गर्दै खेललाई ५–१ मा झारे । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा ओन छिरिङ लेप्चाले गोल गर्दै खेललाई ५–२ मा ल्याएपनि हार टार्न सकेन । ह्याट्रिक कर्ता अनिल नै खेलको म्यान अफ दि म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ पाए ।
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]
December 17, 2025
एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]