7 years ago
February 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितालाई भूगर्भ सिमेन्टले मुख्य प्रयोजन गरेको छ ।

आयोजक मकवानपुर जिल्ला फुटबल संघले बुधबार दोस्रो संस्करणको मकवानपुर गोल्डकपको लागि भूगर्भ सिमेन्टसँग एक वर्षको लागि मुख्य प्रायोजन गरेको हो । सम्झौतामा मकवानपुर जिल्लाका अध्यक्ष टीकाराम लामा र भूगर्भ सिमेन्टका अध्यक्ष पिताम्वर गैरेले हस्ताक्षर गरे । सम्झौताअनुसार भूगर्भ सिमेन्टले प्रतियोगिताका लागि १० लाख रूपैया उपलब्ध गराउने छ । यससँगै प्रतियोगिताको नाम भूगर्भ सहिद स्मृति मकवानपुर गोल्डकप रहने छ ।
सम्झौतापछि भूगर्भका अध्यक्ष पिताम्वर गैरेले सामाजिक दायित्वका रुपमा फुटबलसँग जोडिन पाएको खुशी व्यक्त गर्दै आगमी वर्षहरुमा प्रतियोगितालाई साथ दिने प्रतिवद्धता व्यक्त गरे । उनले करिव डेढ वर्षअघिबाट उत्पादन सुरु गरेको सिमेन्ट अहिले बजारमा ५ ब्रान्डमध्ये ३ उत्पादन बजारमा आएको जानकारी गराए । यस्तै मकवानपुरका अध्यक्ष टीकाराम लामाले साथ दिएकोमा धन्यवाद व्यक्त गरे । उनले अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष सहयोग रहेको पनि बताए ।
प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । जसमा मनाङ–मस्र्याङ्दी, थ्री स्टार, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, सिएमजी क्लब संकटा, च्यासल युथ क्लब, सरस्वती क्लब, एनआरटी, हिमालयन शेर्पा, राष्ट्रिय जागृति क्लब सिमरा र आयोजक मकवानपुर–११ क्लबमध्येबाट १० टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले ८ लाख रूपैया हात पार्नेछन् । दोस्रो हुनेले ४ लाख रूपैयाँ हात पार्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ५० हजार रूपैयाँ हात पार्ने आयोजकले जनाएको छ ।
व्यक्तिगत विधाका विजेताले जनही २०–२० हजार पाउनेछन् । हरेक खेलको म्यान अफ दि म्याचले १० हजार रूपैयाँ पाउनेछ । प्रतियोगिता २९ फागुनबाट ९ चैतसम्म हेटौडा वनविज्ञान प्रतिष्ठानको खेल मैदानमा हुनेछ । मैदान तयारको कार्य अघि बढिसकेको र २५ गतेसम्म सम्पूर्ण तयारी पुरा आयोजकले जनाएको छ । प्रतियोगितालाई हेटौंडा उपमहानगरपालिकाले ८ लाख रूपैयाँ उपलब्ध गराएको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]