default_image

5 years ago

February 27, 2019

फाइनल पुग्न रियल र बार्सिलोनाको भिडन्त

एजेन्सी – स्पेनिस कोपा डेल रे अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा रियल म्याड्रिड र बार्सिलोना आमने-सामने हुँदैछन् । पहिलो लेग १-१ को बराबरीमा सकिएको खेलको दोस्रो लेग रियल म्याड्रिडको मैदान सान्टियागो बर्नाबाउमा हुँदैछ । पहिलो लेगमा रियलले बार्सिलोनालाई दबाबमा राख्दै अग्रता पनि लिएको थियो । लुकास भाज्केजको गोललाई ब्राजिलियन माल्कमले बराबरीमा ल्याएका थिए । त्यसयता रियलले […]

22 views

0 Bookmark

एजेन्सी – स्पेनिस कोपा डेल रे अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा रियल म्याड्रिड र बार्सिलोना आमने-सामने हुँदैछन् । पहिलो लेग १-१ को बराबरीमा सकिएको खेलको दोस्रो लेग रियल म्याड्रिडको मैदान सान्टियागो बर्नाबाउमा हुँदैछ ।

पहिलो लेगमा रियलले बार्सिलोनालाई दबाबमा राख्दै अग्रता पनि लिएको थियो । लुकास भाज्केजको गोललाई ब्राजिलियन माल्कमले बराबरीमा ल्याएका थिए । त्यसयता रियलले लिग खेलमा जिरोनासँग घरेलु मैदानमा पराजित भयो । लेभान्तेविरुद्ध पनि विवादास्पद रुपमा जित दर्ता गर्यो । सन् १९९३ यता रियल दोस्रो पटक प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा छ ।

यता बार्सिलोना भने पछिल्लो चार सिजन लगातार यस उपाधिमा कब्जा जमाउँदै आइरहेको छ । बार्सिलोनाले पछिल्लो साता सेभिल्लालाई ४-२ ले पराजित गर्दै बलियो दावेदारी प्रस्तुत गरेको छ । त्यसअघि लगातार बराबरी खेलेको बार्सिलोनासँग यस खेलमा भने जितको विकल्प रहने छैन । बार्सिलोना लगातार छैटौं सिजन फाइनलमा पुग्ने लक्ष्यमा हुनेछ ।

बार्सिलोनाका प्रशिक्षक एर्नेस्तो भालभेर्डे बार्सिलोनाको प्रशिक्षकका रुपमा सयौं खेलको जिम्मेवारी लिँदैछन् । उनले फाइनल पुगे बार्सिलोनाका लागि चौथो उपाधि नजिक पुग्नेछन् । मिडफिल्डर आर्थर मेलो चोटका कारण बाहिर रहँदा स्यामुएल उम्टिटीको पुनरागमन भने टोलीको लागि सुखद पक्ष हो ।

सर्जियो रामोस रियलको सुरुवाती रोजाइमा फर्कंदा इस्को भने अझैपनि चोटका कारण मैदान बाहिर नै रहेका छन् । मार्कोस लोरेन्टे पनि उपलब्ध छैनन् । ग्यारेथ बेल र करीम बेन्जेमाको जोडीलाई सोलारीले बलियो रुपमा प्रस्तुत गर्ने आंकलन गरिएको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.