7 years ago
February 28, 2019
पोखरा (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब १७ अौं अाहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार पोखरा रंगशालामा दाउफिन्स फुटबल क्लबलाई १-० ले पराजित गर्दै अार्मीले फाइनल भिडन्त पक्का गरेको हो ।

खेलको १३ अौं मिनेटमा टेकबहादुर बुढाथोकीले अार्मीलाई अग्रता दिलाए । दायाँ विङबाट अाएको क्रसलाई टेकले ६ यार्डमा बक्सभित्रबाट हेडरमार्फत गोलमा परिणत गरेका थिए । पहिलो हाफको अन्त्यतिर अार्मीका कप्तान भरत खवासको प्रहारलाई दाउफिन्सका गोलरक्षक प्रिसोले विफल पारे ।
दोस्रो हाफमा पनि खेल प्रतिस्पर्धात्मक नै रहयो । अार्मीले लगातार अाक्रमण बुन्दा काउन्टर अट्याकमा भर परेको दाउफिन्सले अार्मीलाई समस्या दिन सकेन । ६३ अौं मिनेटमा नवयुग श्रेष्ठको प्रहारले पोस्टको दिशा लिन सकेन ।
७४ अौं मिनेटमा भरत खवासले बलमा उत्कृष्ट नियन्त्रण गर्दै तीन डिफेन्डरलाई छलाउँदै वन भर्सेस वनमा गरेको प्रहार गोलरक्षकले मुस्किलले बचाए । ८५ अौं मिनेटमा दाउफिन्स १० खेलाडीमा समेटियो । डेम्बा अोवुनाले विकास तामाङलाई ट्याकल गरेपछि रेफ्रिले उनलाई दोस्रो पहेंलो कार्ड देखाए ।
अार्मीले अब प्रतियोगिताको फाइनलमा शनिबार रुस्लान थ्री स्टारको सामना गर्नेछ । थ्री स्टारले बुधबार एपीएफलाई टाइब्रेकरमा पराजित गर्दै उपाधि भिडन्त तय गरेको थियो ।
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]
December 17, 2025
एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]