7 years ago
March 1, 2019
एजेन्सी – घरेलु मैदानमा रियल बेटिसलाई पराजित गर्दै भ्यालेन्सियाले स्पेनिस कोपा डेल रेको फाइनलमा स्थान पक्का गरेको छ । बिहीबार रातिको खेलमा भ्यालेन्सिया १-० ले विजयी रहँदै समग्रमा ३-२ को जित दर्ता गर्न सफल रहयो ।

भ्यालेन्सियाका लागि फरवार्ड रोड्रीगो मोरेनोले ५६ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । त्यसअघि पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । भ्यालेन्सियाले अब उपाधिका लागि बार्सिलोनाको सामना गर्नेछ । बार्सिलोनाले रियल म्याड्रिडलै समग्रमा ४-१ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।
बार्सिलोनाले पछिल्लो चार सिजन लगातर यस उपाधिमा कब्जा जमाउँदै आएको छ । भ्यालेन्सियाले पछिल्लोपटक सन् २००८ मा यस उपाधि जित्दा टोलीमा रोनाल्ड कोम्यान प्रशिक्षक र डेविड सिल्भा, जुआन माटा, डेविड भिल्ला लगायत खेलाडी सम्मिलित रहेका थिए । प्रतियोगिताको फाइनल २५ मेमा हुनेछ ।
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]
December 17, 2025
एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]