7 years ago
March 2, 2019
एजेन्सी – जर्मन बुन्डेसलिगा अन्तर्गत शुक्रबार बोरुसिया डर्टमुन्ड अंक तालिकाको पुछारतिर रहेको अग्स्बर्गसँग पराजित भएको छ । दक्षिण कोरियाली फरवार्ड जी दोङ वोनले २ गोल गरेपछि डर्टमुन्ड पराजय बेहोर्न बाध्य भयो ।

डर्टमुन्डकै पूर्व खेलाडी रहेका जीले खेलको २४ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६७ औं मिनेटमा जीले व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा गोलरक्षकलाई चिप गर्दै उत्कृष्ट फिनिसको नमुना प्रस्तुत गरे । डर्टमुन्डका लागि खेलको १० मिनेट समय बाँकी रहँदा पाको अल्कासेरले गोल गरेपनि जितको लागि पर्याप्त भने रहेन ।
यस हारसँगै डर्टमुन्डले अंक तालिकाको शीर्ष स्थानमा ६ अंकको अग्रता लिने अवसर गुमाएको छ । दोस्रो स्थानमा रहेको बायर्न म्युनिखलाई अब अंक बराबरी गर्ने अवसर रहेको छ । डर्टमुन्डले २४ खेलमा ५४ अंक जोडेको छ । बायर्नको २३ खेलमा ५१ अंक छ । शनिबार हुने खेलमा बायर्नले तेस्रो स्थानको बोरुसिया मोन्चेन्ग्लाडबाकसँग खेल्नेछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]