default_image

5 years ago

March 6, 2019

पीएसजी र म्यानचेस्टर युनाइटेड खेल्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिग फुटबलमा आज राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार आज राति १ः४५ बजेपछि हुनेछ । पहिलो लेगमा पीएसजीले २–० को अग्रता बनाएको छ । सोही अग्रतालाई पीएसजी निरन्तरता दिने लक्ष्यमा मैदानमा उत्रनेछ । पीएसजीका महँगा खेलाडीको नेयमारको अनुपस्थितिमा […]

39 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिग फुटबलमा आज राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार आज राति १ः४५ बजेपछि हुनेछ ।

पहिलो लेगमा पीएसजीले २–० को अग्रता बनाएको छ । सोही अग्रतालाई पीएसजी निरन्तरता दिने लक्ष्यमा मैदानमा उत्रनेछ । पीएसजीका महँगा खेलाडीको नेयमारको अनुपस्थितिमा अर्का युवा फरवार्ड केलियन एमबाप्पे मुख्य हतियार हुनेछन् । उनलाई एडिन्सन काभानी, एन्जल डि मारिया र जुलियन ड्राक्सलरले साथ दिनेछन् ।

पीएसजीले प्रि–क्वाटरफाइनलको १६ खेलमा १ खेलमा मात्रै हार बेहोरेको छ । जसमध्ये १० जित र ५ बराबरीको नतिजा छ । त्यतिबेला पीएसजी रियल मड्रिडसँग २–१ ले पराजित भएको थियो । इंग्लिस क्लबविरुद्ध पीसएजीको राम्रो इतिहास रहेको छ । सन् २००४ सेप्टेम्वरमा जोसे मौरिन्होको प्रशिक्षणमा रहेको चेल्सीसँग ३–० ले पराजित भएयता, पीएसजीले इंग्लिस क्लबसँग हार बेहोरेको छैन । त्यसैले पनि म्यानचेस्टर युनाइटेडविरुद्ध पीएसजी हावी हुने अनुमान गर्न सकिन्छ । बराबरी वा १–० को हारले पनि पीएसजी क्वाटरफाइनलमा प्रवेश गर्नेछ ।

यता, युनाइटेड पीएसजीलाई उसकै मैदानमा पराजित गर्दै अघिल्लो चरणमा पुग्ने लक्ष्यमा मैदान उत्रनेछ । युनाइटेडले पहिलो लेगमा आफ्नै मैदानमा २–० को हार बेहोरेको थियो । त्यही हारको बदला लिने लक्ष्यमा युनाइटेड हुनेछ । युनाइटेडले पछिल्लो पाँच खेलको नतिजा हेर्ने हो भने, युनाइटेडले ३ मा जित समान १ बराबरी र हारको नतिजा निकालेको छ ।

च्याम्पियन्स लिगमा पछिल्लोपटक हेर्ने हो भने युनाइटेडको प्रदर्शन निकै खराव छ । प्रि–क्वाटरफाइनलमा पछिल्ला १० खेलमा १ खेलमा मात्रै जित हात पारेको छ । ६ हार र ३ बराबरीको नतिजा छ । युनाइटेडसँग पल पोग्वा, मार्कस रासफोर्ड, रोमेलु लुकाकु, एलेक्सिस साञ्चेजजस्ता स्तरीय खेलाडीहरु रहेका छन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.