7 years ago
March 9, 2019
एजेन्सी – स्पेनिस क्लब रियल मड्रिड तथा क्रोएसिुयन मिडफिल्डर लुका मोड्रिचले यो एक साता आफ्नो खेल जीवनको साह्रै नै पीडादायी क्षण भएको बताएका छन् ।

यस सिजनको बालोन डि’ओर विजेता मोड्रिचले रियल एकसातामा सर्मानाक हारसँगै कोपा डेल रे च्याम्पियन्स लिगका प्रि–क्वाटरफाइनलबाट बाहिरिएसँगै यस्तो बताएका हुन् । रियल कोपा डेल रेको सेमिफाइनलमा बार्सिलोनासँग तथा च्याम्पियन्स लिगमा आयाक्ससँग पराजित हुदै दुई उपाधिबाट बिमुख बनेको थियो । दुई उपाधिबाट बाहिरिएपछि रियलका प्रशिक्षका सान्टियागो सोलारीमाथि पनि दवाव बढेको छ ।
स्टार मिडफिल्डर मोड्रिचले सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट गर्दै यो एक साता आफ्नो खेल करियरकै सबैभन्दा पीडादायी क्षण भएको लेखेका छन् । ‘यो एक साता मेरो खेल करियरको सबैभन्दा पीडादायी क्षण बन्यो । ‘सफलता कहिल्यै झुक्दैन । तर, समय बढ्दै जादा भत्किएको हुन्छ । हला मड्रिड ।’ यस्तो हार हामीले सोचेका थिएनौ । हारबाट पाठ सिकेका छौं,’ मड्रिडमा रमिरहेका मोड्रिचले भने ।
दुई उपाधिबाट बाहिरिसकेको रियलको ला लिगाको झिनो सम्भावना छ । तर, खराव सिजनबाट गुज्रिएको रियल शीर्षस्थानको बार्सिलोनासँग १२ अंकले तथा दोस्रो स्थानमा शहरी प्रतिद्धन्दी एट्लेटिको मड्रिडसँग ५ अंकले पछि छ ।
च्याम्पियन्स लिगको कीर्तिमानी टोली रियल सन् २००९–२०१० पछि पहिलोपटक प्रि–क्वाटरफाइनलबाट बाहिरिएको हो । रियल २०१३–१४ को सिजन एथलेटिको मड्रिडलाई हराएर च्याम्पियन बनेको थियो २०१५–१६ मा एथलेटिको मड्रिड, २०१६–१७ मा युभेन्टस् र २०१७–१८ मा लिभरपुललाई हराएर मड्रिडले च्याम्पियन्स लिगमा कीर्तिमानी ह्याट्रिक उपाधि जितेको थियो ।
लुका मोड्रिचकै उच्च प्रदर्शनमा क्रोएसियाले रसिया विश्वकपको फाइनलसम्म स्थान बनाएको थियो । सोही प्रदर्शनकै आधारमा क्रोएसियाको कप्तान मोड्रिचले विश्वकपको सर्वाेत्कृष्ट खेलाडी र बालोन डि’ओरको विजेता बनेको थिए । तर, त्यसपछि मोड्रिचको प्रदर्शन खस्कदो छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]