default_image

5 years ago

March 11, 2019

लिभरपुलको जितसँगै उपाधि होड रोमाञ्चक

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नलीलाई पराजित गरेपछि प्रिमियर लिगको उपाधि होड रोमाञ्चक बनेको छ । बर्नलीमाथि ४–२ को जितसँगै शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी १ मा झार्दै लिभरपुल उपाधि होडमा उभिएको हो । लिगको ८ खेल बाँकी रहँदा शीर्षस्थानको म्यानचेस्टर सिटीको ३० खेलबाट ७४ अंक रहेको छ । समान खेलबाट लिभरपुलको ७३ […]

36 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नलीलाई पराजित गरेपछि प्रिमियर लिगको उपाधि होड रोमाञ्चक बनेको छ ।

बर्नलीमाथि ४–२ को जितसँगै शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी १ मा झार्दै लिभरपुल उपाधि होडमा उभिएको हो । लिगको ८ खेल बाँकी रहँदा शीर्षस्थानको म्यानचेस्टर सिटीको ३० खेलबाट ७४ अंक रहेको छ । समान खेलबाट लिभरपुलको ७३ अंक रहेको छ ।

घरेलु मैदानमा लिभरपुलको जितमा साडियो माने र रोबर्टाे फिर्मिनोले समान २ गोल गरे । बर्नलीका एस्ले वेस्टवुड र जोहान वर्ग गुडमुन्डसनले समान १ गोल गरे ।

खेलको छैटौ मिनेटमा एस्ले वेस्टवुडको गोलबाट पाहुना टोली बर्नलीले खेलमा अप्रत्यासित अग्रता बनाएको थियो । कर्नरबाट आएको बललाई एस्लेले सदुपयोग गरेका थिए । तर, बर्नलीको त्यो अग्रता लामो समय टिकेन । १९औं मिनेटा लिभरपुलले बराबरी गोल फर्काउन सफल भयो ।

मोहम्मद सलाह र जर्जिन्हो विज्नल्डमको वान टु वान पासमा बर्नलीका गोलरक्षक झुक्किदा फिर्मिनोले गोल गरेका थिए । २९औं मिनेटमा साडियो मानेले भलीमार्फत सुन्दर गोल गरेपछि लिभरपुलले खेलमा २–१ को अग्रता बनायो ।

६९औं मिनेटमा बर्नलीका गोलरक्षक टोम हिटनको गल्तीमा फिर्मिनोले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेपछि लिभरपुल ३–१ ले अघि बढ्यो ।

इन्ज्युरी समयको पहिलो मिनेटमा बर्नलीका जोहानले एक गोल गरेपछि खेल ३–२ को अवस्थानमा पुगेको थियो । तर, इन्ज्युरी समयको चौथो मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई ४–२ को जित दिलाए ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.