default_image

5 years ago

March 11, 2019

चौथो मग मग झापा गोल्डकप फाइनलः आर्मीको ह्याट्रिक दाउ, झापाको पहिलो उपाधि व्यग्रता

बिर्तामोड (हाम्रो खेलकुद) – चौथो संस्करणको मग मग झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलमा आज आयोजक झापा–११ र विभागीय त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल डोमालाल राजवंशी रंगशालामा दिउसो २ बजेपछि हुनेछ । झापा गोल्डकपको सफल टोली आर्मी झापा गोल्डकपको उपाधिमा ह्याट्रिक तथा यो सिजन तेस्रो उपाधि जित्ने लक्ष्यमा मैदान उत्रनेछ । आर्मीले सम्पन्न […]

42 views

0 Bookmark

बिर्तामोड (हाम्रो खेलकुद) – चौथो संस्करणको मग मग झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलमा आज आयोजक झापा–११ र विभागीय त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुदैछ ।

खेल डोमालाल राजवंशी रंगशालामा दिउसो २ बजेपछि हुनेछ । झापा गोल्डकपको सफल टोली आर्मी झापा गोल्डकपको उपाधिमा ह्याट्रिक तथा यो सिजन तेस्रो उपाधि जित्ने लक्ष्यमा मैदान उत्रनेछ ।

आर्मीले सम्पन्न भएका तीन संस्करणमध्ये दुई संस्करणको उपाध जित्दा दुवै फाइनलमा आयोजक झापालाई नै निराश पारेको थियो । आर्मी पहिलो र तेस्रो संस्करणको च्याम्पियन बनेको थियो । दोस्रो संस्करणको उपाधि मनाङले जितेको थियो ।

चौथो संस्करणको उपाधि आफ्नै पोल्टामा पार्ने आर्मीका प्रशिक्षक चुन बहादुर थापाले बताए । ‘राम्रो टिमसँग खेल्दा एक दुई मौका पाउने हो । त्यो मौकालाई सदुपयोग गर्ने टोली नै च्याम्पियन बन्नेछ । हामी त्यही मौका सिर्जना गर्दै गोल गरेर च्याम्पियन बन्नेमा विश्वस्त छु, प्रशिक्षक थापाले भने, ‘विपक्षी अनुसारको खेलको रणनीति तयार पारेर खेल्नेछौ । हामी मिहेनत गर्नेछौं । मिहेनतको फल पाइन्छ । हामी उपाधि जित्नेमा आशावादी छौं ।’

विशाल मेमोरियल गोल्डकपको सेमिफाइनलमा आर्मीले झापामाथि ६–१ को फराकिलो जित निकालेको थियो । आर्मीले यो सिजन विशाल मेमोरियल गोल्डकप र इटहरी गोल्डकपको उपाधि जितेको थियो ।

यता, घरेलु मैदानका दर्शकको साथ पाएको झापा यस अघिको तीन संस्करणको फाइनलमा बेहोरको हारको पीडालाई बिर्सदै चौथो संस्करणको उपाधि घरमै राख्ने योजनामा मैदान उत्रनेछ । यो सिजनको पहिलो उपाधि भित्र्याउने दाउमा हुनेछ । झापाले वीरगन्जमा भएको विशाल मेमोरियल गोल्डकपको सेमिफाइनलमा भोगेको हारको पीडालाई भुलाउने प्रयासमा हुनेछ ।

झापाका प्रशिक्षक प्रवेश कटुवालले सुरुदेखिको लक्ष्य च्याम्पियन बन्ने रहेको बताए । ‘यसपटक टिम राम्रो बनेको छ । त्यही अनुसार हामीले तयारी गरेका छौं । प्रतियोगितामा सबै भाइटल गेम भएका कारण पेनाल्टीसम्म धकेलिनु परेको थियो । फाइनलमा समयमै गोल निकाल्नेछौं, प्रशिक्षक कटवालले भने, ‘हामी फाइनलमा तीनपटक चुकिसकेका छौं । धेरै गहन अध्ययन गरेर टिम तयार पारेका छौं । यसपटक घरेलु दर्शक निराश हुनुपर्नेछ ।

प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार पाउनेछ । दोस्रो हुनेले ६ लाख ५ हजार पाउनेछ ।

झापा यसअघिको तीनै संस्करणमा फाइनल पुगेपनि सबै संस्करणमा उपविजेतामा सीमित बनेको थियो । फाइनल यात्रासम्म झापा मजवुत देखिएपनि फाइनलमा निराश हुदै आएको छ । झापा पहिलो र तेस्रो संस्करणमा आर्मीसँग पराजित भएको थियो । दोस्रो संस्करणमा मनाङसँग निराश भएको थियो ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.