default_image

5 years ago

March 12, 2019

सिटीलाई साल्केको चुनौती

एजेन्सी – युरोपियन क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता यु्इएफए च्याम्पियन्स लिग फुटबलको प्रि–क्वाटरफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब साल्के–४ को सामना गर्दैछ । खेल सिटीको मैदानमा आज राति १ः३० बजेपछि हुनेछ । पहिलो लेगमा सिटीले साल्केमाथि ३–२ को जित निकालेको थियो । सिटी आफ्नो मैदानमा यही जितलाई निरन्तरता दिने लक्ष्यमा मैदान उत्रनेछ । लगातार […]

29 views

0 Bookmark

एजेन्सी – युरोपियन क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता यु्इएफए च्याम्पियन्स लिग फुटबलको प्रि–क्वाटरफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब साल्के–४ को सामना गर्दैछ । खेल सिटीको मैदानमा आज राति १ः३० बजेपछि हुनेछ ।

पहिलो लेगमा सिटीले साल्केमाथि ३–२ को जित निकालेको थियो । सिटी आफ्नो मैदानमा यही जितलाई निरन्तरता दिने लक्ष्यमा मैदान उत्रनेछ । लगातार उच्च प्रदर्शन गरिरहेको सिटी साल्केविरुद्ध हावी हुने अनुमान गरिएको छ । सिटीले पछिल्ला पाँच खेलमध्ये एक मात्रै बराबरी खेलेको छ ।

सिटीले पछिल्ला १० खेलमा जर्मन प्रतिद्धन्द्धीविरुद्ध एक खेलमा हार बेहोरेको छ । सिटीले २०१३–१४ को सिजनको समूह चरणमा सिटीले बायर्न म्युनिखसँग १–३ को हार बेहोरेको थियो । त्यसयताका जर्मन प्रतिद्धन्द्धीविरुद्धको भेटमा सिटीले हार भोगेको छैन । त्यसैले पनि सिटी साल्केविरुद्ध हावी हुने देखिएको छ । सिटीका सर्जियो अगुइरो, लिरोए साने, रहिम स्ट्रलिङ, रयिाद महारेज, इकए गुन्डोगान, डेभिड सिल्भा र बर्नाडो सिल्भाजस्ता खेलाडीहरु रहेका छन् । सिटीलाई क्वाटरफाइनल चरणमा पुग्न बराबरी पनि पर्याप्त हुनेछ ।

यता, साल्केलाई नकआउट चरणमा पुग्नको लागि सिटीविरुद्ध कम्तीमा पनि २–० को जित आवश्यक छ । बलियो सिटीविरुद्ध उसकै मैदानमा पराजित गर्न साल्केलाई कठिन हुने देखिन्छ । नकआउट चरणमा पुगेपनि साल्केले ९ खेलमा एक खेलमा मात्र जित हात पारेको छ ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.