default_image

5 years ago

March 21, 2019

मैत्रीपुर्ण खेलमा जर्मनी रोकियो

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा जर्मनीले सर्वियासँग बराबरी खेलेको छ । जर्मनी घरेलु मैदानमा सर्वियासँग १–१ गोलको बराबरीमा रोकिएको हो । खराव लयमा रहेको जर्मनी खेलको १२औं मिनेटमा नै पछि परेको थियो । लुका जोभिकले हेडमार्फत गोल गरेपछि सर्विया खेलमा अघि बढेको थियो । नेमान्जा माकसिमोभिकको पासमा गोल गरेका थिए । युवा खेलाडीको बाहुल्यता रहेको […]

43 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा जर्मनीले सर्वियासँग बराबरी खेलेको छ । जर्मनी घरेलु मैदानमा सर्वियासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

खराव लयमा रहेको जर्मनी खेलको १२औं मिनेटमा नै पछि परेको थियो । लुका जोभिकले हेडमार्फत गोल गरेपछि सर्विया खेलमा अघि बढेको थियो । नेमान्जा माकसिमोभिकको पासमा गोल गरेका थिए ।

युवा खेलाडीको बाहुल्यता रहेको जर्मनीले सुरुमै पछि परेपनि सर्वियामाथि लगातार आक्रमण बुनेपनि गोलरक्षकले उत्कृष्ट प्रदर्शन गरेपछि जर्मनी बराबरी गोल गर्नबाट चुकिरहेको थियो । तर, ६९औं मिनेटमा लियोन गोरेट्काको गोलबाट बराबरी गोल गर्न सफल भयो । लियोनले मार्काे रिउसको पासमा गोल गरेको थियो ।

खेलको अन्त्यतिर सर्विया १० खेलाडीमा सीमित बनेको थियो । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा सर्वियाका मिलान पाभकोभ रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।

युरोकप छनोट खेल्ने तयारीमा रहेको जर्मनीलाई बराबरीले धक्का लागेको छ । विश्वकप फुटबलमा नराम्रोसँग पराजय बेहोरेपछि नयाँ युगको शुरुवात गर्ने लक्ष्यमा रहेको जर्मनीले यसैसाता नेदरल्यान्डसँग खेल्दैछ ।

अर्काे मैत्रीपुर्ण खेलमा वेल्सले ट्रिनिडाड एन्ड टोबागोलाई १–० ले हरायो । वेल्सको जितमा वेन्जामिन वुडवनले गोल गरे ।

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

Success

Thank you for your time.