7 years ago
March 21, 2019
विराटनगर (हाम्रो खेलकुद) – पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको फाइनलमा शुक्रबार घरेलु टोली नेपालले यसअघिका चारै संस्करणको च्याम्पियन भारतसँग प्रतिस्पर्धा गर्दै छ ।

फाइनल खेल दिउसो ३ बजेपछि विराटनगरस्थित सहिद रंगशालामा शुरु हुनेछ ।
महिला फुटबलमा भोलिको फाइनल खेल नेपाल र भारतबीचको ११औं खेल हुनेछ । यसअघि नेपाल र भारतले अहिलेसम्म १० खेलमा प्रतिस्पर्धा गरेका छन् । जसमध्ये १ खेलमा जित, २ बराबरी र ७ खेलमा हारको इतिहास छ ।
नेपालले भारतसँग साफ च्याम्पियसिपमा ४ चार खेल खेल्दा सबैमा हार बेहोरेको थियो । जसमा ३ खेल फाइनल र १ खेल सेमिफाइनल रहेको छ ।
यस्तै दक्षिण एसियाली खेलकुदमा चार खेल खेल्न नेपालले ३ खेलमा हार र १ खेलमा बराबरीको नतिजा निकालेको थियो ।
पछिल्लोपटक नेपालले सन् २०२० मा जापानमा हुने टोकियो ओलम्पिकको लागि एसिया छनोटको पहिलो चरणमा भारतलाई १–१ को बराबरीमा रोक्न सफल हुदा गत महिना भारतमा भएको महिला गोल्डकपमा नेपालले २–१ को सनसनीपुर्ण जित हात पारेको थियो । जुन नेपालले १०औं खेलमा हात पारेको पहिलो जित थियो ।
सन् २०१० बाट शुरु भएको महिला साफ च्याम्पियनसिपको पहिलो संस्करणमा नेपाल फाइनलमा भारतसँग १–० ले पराजित भएको थियो । त्यतिबेला सस्मिता मल्लिकले निर्णायक गोल गरेकी थिइन् ।
२०१२ को फाइनलमा नेपाल भारतसँग ३–१ ले निराश बनेको थियो । नेपालकी दीपा अधिकारीले एक गोल गर्दा भारतकी सुप्रिया राउटरे, बेमवेम देवी र कमलादेवीले गोल गरेकी थिइन् ।
सन् २०१४ को फाइनलमा भने नेपाल ६–० ले निराश बनेको थियो । बालादेवीले ह्याट्रिसहित द्धर गोल गर्दा कमलादेशी र रोमी देवीले समान १–१ गोल गरेकी थिइन् ।
२०१६ मा भने नेपाल सेमिफाइनलमा रोकिदा ३–१ ले निराश बनेको थियो । नेपाली सावित्रा भण्डारीले एक गोल गर्दा भारतकी बालादेवी, सस्मिता मल्लिक र इन्दुमतिले गोल गरेकी थिइन् ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]