7 years ago
March 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबार कुवेतविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । नवनियुक्त प्रशिक्षक योहान कालीनले जिम्मेवारी लिएपछिको पहिलो खेल नेपाली समयानुसार ९:१५ बजे सुरु हुनेछ ।

प्रशिक्षक कालीनले कुवेतविरुद्ध खेलमा डिफेन्डर अजित भण्डारीलाई पहिलो रोजाइमा उतारेका छन् । उनको राष्ट्रिय टोलीबाट यो पहिलो खेल हो । उमेर समूहका कुनै प्रतियोगिता नखेलेका अजित राष्ट्रिय टोलीमा स्थान बनाएको दोस्रो प्रयासमा डेब्यु गर्न सफल भएका छन् । अजित यसअघि सन् २०१५ मा पुनेमा भएको भारतविरुद्धको मैत्रीपूर्ण खेलमा टोलीमा परेपनि मैदानमा उत्रन भने पाएका थिएनन् ।
अजितसँगै सेन्टर डिफेन्समा देवेन्द्र तामाङ रहनेछन् । उनलाई कप्तान विराज महर्जन र रञ्जित धिमालले साथ दिनेछन् । गोलरक्षक किरण चेम्जोङले नै पोस्ट सम्हाल्नेछन् । मिडफिल्डमा विक्रम लामा र रोहित चन्दको जोडीले मध्यभागमा खेल्नेछन् । सुमन लामा र सुजल श्रेष्ठले विङ्गरको भूमिका निर्वाह गर्दै आक्रमणलाई सहयोग गर्नेछन् । आर्मीका फरवार्डद्वय भरत खवास र नवयुग श्रेष्ठले अग्रपंक्तिको जिम्मेवारी निभाउनेछन् ।
नेपाल विरुद्ध कुवेत :
किरण चेम्जोङ
रञ्जित धिमाल – देवेन्द्र तामाङ – अजित भण्डारी – विराज महर्जन (कप्तान)
सुजल श्रेष्ठ – विक्रम लामा – रोहित चन्द – सुमन लामा
भरत खवास
नवयुग श्रेष्ठ
वैकल्पिक खेलाडीहरु : विकेश कुथु, विशाल श्रेष्ठ, सुरज विक, रवि सिलवाल, सरोज दाहाल, सन्तोष तामाङ, विशाल राई, हेमन गुरुङ, रवि पासवान, टंक बस्नेत, आशिष लामा, रन्जन विष्ट र विमल राना
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]