default_image

6 years ago

March 21, 2019

राष्ट्रिय टोलीबाट रवी पासवानको डेब्यु

155 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका लागि मिडफिल्डर रवी पासवानले कुवेतविरुद्ध मैत्रीपूर्ण खेलमा डेब्यु गरेका छन् ।

रवीले खेलको ६१ औं मिनेटमा सुमन लामाको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् । राष्तिर्य टोलीमा परेको पहिलो अवसरमा नै रवीले डेब्यु गर्ने मौका पाएका हुन् ।

नेपाल पुलिस क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका रवीले यसअघि मनाङ मर्स्याङदी क्लबबाट पनि खेलिसकेका छन् । उनले मोफसलको प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीको यात्रा तय गरेका हुन् ।

रवीले धनगढीको खप्तड गोल्डकपमा सर्वोत्कृष्ट खेलिद घोषित हुँदै स्कुटर पनि जितेका थिए ।

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

December 10, 2024

आहा! रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको‌ प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]

December 10, 2024

एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]

Success

Thank you for your time.