default_image

5 years ago

March 22, 2019

यूरो छनोटमा नेदरल्यान्ड्सको फराकिलो जित

एजेन्सी – यूरो कप छनोट अन्तर्गत समूह ‘सी’ को खेलमा नेदरल्यान्ड्सले बेलारुसलाई ४-० ले पराजित गरेको छ । डच टोलीको जितमा मेम्फिस डिपेले दुई गोल गर्दै अन्य दुई गोलमा अवसर सिर्जना गरे । डिपेले खेलको १ मिनेटमै गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए। त्यसपछि २१ औं मिनेटमा जिनी वाइन्यालडमले दोस्रो गोल गरे । पहिलो हाफमा नै […]

45 views

0 Bookmark

एजेन्सी – यूरो कप छनोट अन्तर्गत समूह ‘सी’ को खेलमा नेदरल्यान्ड्सले बेलारुसलाई ४-० ले पराजित गरेको छ । डच टोलीको जितमा मेम्फिस डिपेले दुई गोल गर्दै अन्य दुई गोलमा अवसर सिर्जना गरे ।

डिपेले खेलको १ मिनेटमै गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए। त्यसपछि २१ औं मिनेटमा जिनी वाइन्यालडमले दोस्रो गोल गरे । पहिलो हाफमा नै २ गोलको अग्रता लिएको नेदरल्यान्ड्सले दोस्रो हाफमा २ गोल थप्यो

डिपेले ५५ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै ३-० को अग्रता दिलाए । लिभरपुलबाट व्यावसायिक फुटबल खेल्दै आएका डिफेन्डर भर्जिल भ्यान डाइकले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै ८६ औं मिनेटमा गोल गरे । खेलमा दुई गोल गरेका डिपेले नै अन्य दुई गोलमा अवसर दिलाएका थिए ।

समूह ‘सी’ कै अन्य खेलमा उत्तर आयरल्यान्डले इस्टोनियालाई २-० ले पराजित गर्यो।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.