default_image

5 years ago

March 24, 2019

ब्राजिल पानामासँग रोकियो

एजेन्सी – पाँच पटकको विश्वकप च्याम्पियन ब्राजिललाई विश्व वरीयताको ७६ औं स्थानमा रहेको पानामाले बराबरीमा रोकेको छ । शनिबारको मैत्रीपूर्ण खेलमा ब्राजिल १-१ को बराबरीमा रोकिएको हो । ब्राजिलले खेलको ३२ मिनेटमा लुकास पाकेटाको गोलमा अग्रता बनाएको थियो । तर चार मिनेट नबित्दै पानामाका अडोल्फो मकाडोले गोल गर्दै खेल बराबरीमा ल्याए । तेस्रो वरियताको ब्राजिलले […]

26 views

0 Bookmark

एजेन्सी – पाँच पटकको विश्वकप च्याम्पियन ब्राजिललाई विश्व वरीयताको ७६ औं स्थानमा रहेको पानामाले बराबरीमा रोकेको छ । शनिबारको मैत्रीपूर्ण खेलमा ब्राजिल १-१ को बराबरीमा रोकिएको हो ।

ब्राजिलले खेलको ३२ मिनेटमा लुकास पाकेटाको गोलमा अग्रता बनाएको थियो । तर चार मिनेट नबित्दै पानामाका अडोल्फो मकाडोले गोल गर्दै खेल बराबरीमा ल्याए । तेस्रो वरियताको ब्राजिलले खेलको बाँकी समयमा थप अवसर सिर्जना गरेपनि गोल थप्न भने सफल हुन सकेन । यसक्रममा ब्राजिलका रिचार्लीसन र क्यासेमिरोको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो ।

पोर्चुगलको पोर्टोमा खेलिएको खेलमा एडरसन, रोबर्टो फिर्मिनो र रिचारलीसनले सुरुवाती रोजाईमा अवसर पाएका थिए । बेन्चबाट ग्याब्रिएल जेसस, एभरटन र फिलिपे एन्डरसनले मौका पाएपनि गोलको अवसर सदुपयोग गर्न असफल रहे । चोटका कारण नेयमार लगातार टिमबाहिर हुँदा क्यसेमिरोले कप्तानी गरेका थिए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.