default_image

5 years ago

March 25, 2019

हजार्डको १००औं खेलमा बेल्जियमको सहज जित

एजेन्सी – कप्तान इडेन हजार्डले १००औं क्याप जितेको खेलमा बेल्जियमले सन् २०२० मा हुने युरोकप छनोट खेलमा लगातार दोस्रो जित निकालेको छ । युरो छनोट अन्तरगत आइतबार राति भएको बेल्जियमले साइप्रसलाई २–० ले पराजित गरेपछि लगातार दोस्रो जित हात पारेको हो । बेल्जियमको जितमा कप्तान इडेन हजार्ड र मिचे बात्सुयाईले गोल गरे । बेल्जियमले सुरुवाती […]

21 views

0 Bookmark

एजेन्सी – कप्तान इडेन हजार्डले १००औं क्याप जितेको खेलमा बेल्जियमले सन् २०२० मा हुने युरोकप छनोट खेलमा लगातार दोस्रो जित निकालेको छ ।

युरो छनोट अन्तरगत आइतबार राति भएको बेल्जियमले साइप्रसलाई २–० ले पराजित गरेपछि लगातार दोस्रो जित हात पारेको हो ।

बेल्जियमको जितमा कप्तान इडेन हजार्ड र मिचे बात्सुयाईले गोल गरे । बेल्जियमले सुरुवाती २० मिनेटमै २–० को अग्रता बनाएको थियो । त्यही सुरुवाती गोल नै बेल्जियमको जितमा पर्याप्त बन्यो ।

बेल्जियमका लागि १००औं अ‍ेल खेलिरहेका हाजार्डले खेलको १०औं मिनेटमा मिचे बात्सुयाईको पासमा कप्तान हजार्डले गोल गर्दै खेलमा अग्रता बनाएको थियो । यससँगै हजार्ड बेल्जियमबाट १०० क्याप जित्ने तेस्रो खेलाडी बने ।

१८औं मिनेटमा मिचे बात्सुयाईले थोर्गन हाजार्डको पासमा गोल गरेपछि बेल्जियमले अग्रता दोब्बर बनायो । त्यसपछि पनि खेलमा दवाव सिर्जना गरेपनि गोल गर्न नसक्दा सुरुवाती गोल नै बेल्जियमको जितमा पर्याप्त बन्यो ।

जितसँगै बेल्जियम २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । एक जित र हार बेहोरेको साइप्रस ३ अंकसहित चौथो स्थानमा छ ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.