एजेन्सी – पोल्यान्डले युरो छनोट खेलमा लातभियालाई २–० ले पराजित गरेको छ ।

आइतबार राति घरेलु मैदानमा पोल्यान्डलाई जिताउन रोबर्ट लेवान्डोस्की र कामिल जिलिकले गोल गरे ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा पोल्यान्डले उच्च प्रदर्शन गर्दै २ गोल गर्न सफल भयो ।
७६औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै खेलमा अग्रता बनायो । ८४औं मिनेटमा कामिल जिलिकिले गोल गर्दै टिमलाई २–० को जित दिलाए ।
युरो छनोटमा पोल्यान्डको यो लगातार दोस्रो जित हो । अपराजित रहेको पोल्यान्डको ६ अंक पुगेको छ । लातभिया भने दुई खेलमा अंकबिहीन छ ।
यही समूहको अर्काे खेलमा म्यासेडोनिया र स्लोभेनियाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । म्यासेडोनिया २ खेलबाट ४ अंक जोड्दै तेस्रो तथा २ खेलबाटै २ अंक जोडेको स्लोभेनिया चौथो स्थानमा रहेको छ ।