default_image

5 years ago

March 25, 2019

भरतको ह्याट्रिकसँगै पुलिस सेमिफाइनलमा

हेटौंडा (हाम्रो खेलकुद) – फरवार्ड भरत शाहले ह्याट्रिक गरेपछि नेपाल पुलिस क्लब दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा जारी प्रतियोगितामा फ्रेण्डस क्लब काठमाडौंलाई ३–० गोलअन्तरले पराजित गर्दै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको १२ औं मिनेटमा भरतले गोल गर्दै पुलिसलाई अग्रता […]

34 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद) – फरवार्ड भरत शाहले ह्याट्रिक गरेपछि नेपाल पुलिस क्लब दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा जारी प्रतियोगितामा फ्रेण्डस क्लब काठमाडौंलाई ३–० गोलअन्तरले पराजित गर्दै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको १२ औं मिनेटमा भरतले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम ३ मिनेटमा २ गोल गर्दै भरतले ह्याट्रिक पूरा गरे ।

खेलको म्यान अफ द म्याच समेत घोषित भरतले १० हजार रुपैयाँ प्राप्त गरे । पुलिसका प्रशिक्षक अनन्तराज थापाले आफू खेलाडीको प्रदर्शनबाट खुशी रहेको बताए । फ्रेण्डसका प्रशिक्षक चेतनाथ श्रेष्ठले ए डिभिजन टिम सेट नहुँदा समस्या भएको बताए ।

मंगलबार थ्रीस्टार क्लब र सरस्वती क्लबबीच खेल हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद आठलाख रुपियाँ र उपविजेताले नगद चारलाख रुपियाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल चैत १६ गतेहुनेछ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.