default_image

5 years ago

March 26, 2019

रुस्लान थ्री स्टारले सेमिफाइनलमा दाउफिन्ससँग खेल्ने

हेटौंडा (हाम्रो खेलकुद) – साविकको विजेता रुस्लान थ्रीस्टार क्लब दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेलमा सरस्वती युवा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै थ्रीस्टार क्लबले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । थ्रीस्टारको जीतमा दुवै गोल विदेशी खेलाडीले गरे । थ्रीस्टारको तर्फबाट खेलको […]

48 views

0 Bookmark

हेटौंडा (हाम्रो खेलकुद) – साविकको विजेता रुस्लान थ्रीस्टार क्लब दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेलमा सरस्वती युवा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै थ्रीस्टार क्लबले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

थ्रीस्टारको जीतमा दुवै गोल विदेशी खेलाडीले गरे । थ्रीस्टारको तर्फबाट खेलको २४ औं मिनेटमा विदेशी खेलाडी मान्साले गोलको खाता खोलेको थिए । सरस्वतीका गोलरक्षक प्रदीप भण्डारी र डिफेन्डरवीच तालमेल नमिलेको अवस्थामा उनले गोल गरेका हुन् । थ्रीस्टारका डिफेन्डर पिटरले खेलको ६० औं मिनेटमा गोल गर्दै जीत सुनिश्चित गरे । पिटर खेलको म्यान अफ दी म्याच समेत घोषित भए । उनले दश हजार रुपैयाँ समेत हात पारे ।

थ्रीस्टारले जीतसँगै सेमिफाइनलमा क्यामरुनी क्लब दाउफिन्ससँग भेट पक्का गरेको हो । थ्रीस्टारको जितसँगै सेमिफाइलको समिकरण समेत पूरा भएको छ । अर्को सेमिफाइनलमा आयोजक र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताअन्तर्गत बुधबार आयोजक मकवानपुर–११ र नेपाल पुलिसवीच पहिलो सेमिफाइनल खेल हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा जारी प्रतियोगितामा विभिन्न दश टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले आठ लाख रुपैयाँ र उपविजेताले चार लाख प्राप्त गर्नेछन् ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.