7 years ago
March 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह ए को अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग २-० ले पराजित भएको छ ।

पहिलो हाफमा नै २-० ले पछाडी परेको नेपाल खेलमा फर्कन नसक्दा अंकविहिन हुँदै घर फर्कन बाध्य भयो । अफगानिस्तानका लागि २४ अौं मिनेटमा सुलिमान साह खोरामीले सुरुवाती अग्रता दिलाएका थिए । अहमद अोम्रानले त्यसको १० मिनेटपछि गोल गर्दै अग्रता दोब्बर पारे ।
पहिलो खेलमा अोमानसँग १-० ले पराजित भएको नेपाल दोस्रो खेलमा आयोजक कतारसँग ५-० ले हारेपछि प्रतियोगिताबाट बाहिरिएको थियो । अन्तिम खेलमा अफगानिस्तानसँग हारेपछि नेपाल अंकविहिन हुँदै घर फर्कन बाध्य भयो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]