default_image

7 years ago

March 29, 2019

फिफा वरियतामा महिला टोलीको सुधार

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले फिफा वरियतामा स्थान सुधार गरेको छ । यसअघि १ सय ८ स्थानमा रहेको नेपालले ५ स्थान उक्लदै १ सय ३ स्थानमा आइपुगेको हो ।

सन् २०१७ मा ९१ औं स्थानसम्म पुगेको नेपाली टोली त्यसपछि लगातार अन्तर्राष्ट्रिय फुटबल नखेल्दा १ सय ८ औं स्थानमा पुगेको थियो । पछिल्लो समय भने लगातार खेल खेल्दै वरीयतामा सुधार गरेको हो । पछिल्लो दुई महिनामा नेपाल साफ च्याम्पियनसिप र हिरो गोल्डकपको उपविजेता बनेको छ । अब नेपाली टोलीले अर्को सातादेखि सुरु हुने ओलम्पिक छनोटको दोस्रो चरणमा भारत, म्यानमार र इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

वरीयतामा भारत १ स्थान तल झर्दै ६३ औं स्थान पुगेको छ । म्यानमार ४४ औं स्थानमा यथावत रहँदा इन्डोनेसिया २ स्थान तल झर्दै ८६ स्थानमा आइपुगेको छ । दक्षिण एसियामा नेपाल दोस्रो स्थानमा रहेको छ । भारत र नेपालपछि बंगलादेश १ सय २७, श्रीलंका १ सय ३४, माल्दिभ्स १ सय ३६ र भुटान १ सय ५० स्थानमा रहेका छन् । पाकिस्तान भने पछिल्लो समय महिला फुटबल नखेलेका कारण वरियतामा छैन ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.