default_image

5 years ago

March 31, 2019

रोनाल्डोबिना युभेन्टसको कठिन जित

एजेन्सी – चोटका कारण स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई गुमाएको युभेन्टसले सिरी ‘ए’ अन्तर्गत घरेलु मैदानमा इम्पोलीलाई १-० ले पराजित गरेको छ। अन्तर्राष्ट्रिय ब्रेकको दौरान चोट बोकेका रोनाल्डोबिनाको युभेन्टसका लागि शनिबार युवा खेलाडी मोइस किनको गोल निर्णायक रह्यो । दोस्रो हाफमा मैदान प्रवेश गरेको उनले तेस्रो मिनेटमै गोल गर्दै युभेन्टसको जितको आधार बने । रोनाल्डोले लिग […]

22 views

0 Bookmark

एजेन्सी – चोटका कारण स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई गुमाएको युभेन्टसले सिरी ‘ए’ अन्तर्गत घरेलु मैदानमा इम्पोलीलाई १-० ले पराजित गरेको छ।

अन्तर्राष्ट्रिय ब्रेकको दौरान चोट बोकेका रोनाल्डोबिनाको युभेन्टसका लागि शनिबार युवा खेलाडी मोइस किनको गोल निर्णायक रह्यो । दोस्रो हाफमा मैदान प्रवेश गरेको उनले तेस्रो मिनेटमै गोल गर्दै युभेन्टसको जितको आधार बने ।

रोनाल्डोले लिग अन्तर्गत अझै अन्य खेल पनि गुमाउने बुझिएको छ । उनको अनुपस्थितिमा इटालीका युवा फरवार्ड किन र अर्जेन्टिनी फरवार्ड पाउलो डीबालाले गोलको जिम्मेवारी सम्हाल्नेछन् ।

खेलमा ५७ प्रतिशत पोजेसन राखेपनि इम्पोलीले गोलमा कुनै प्रहार गर्न भने सकेन । जितसँगै युभेन्टसको २९ खेलमा ७८ अंक रहेको छ भने दोस्रो स्थानमा न्यापोलीको २८ खेलमा ६० अंक छ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.